Thursday 6th February 2025

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- अठतीसौँ भाग (३८)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिति:- २०७९/ ०३/२८
……………………………….
प्रशिक्षक:-
सविता के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.

======================

अनुप्रास:- गिरेको, चिरेको, छिरेको, तिरेको, पिरेको, फिरेको, भिरेको, आदि मिल्दो ।

स्थायी :- देखियो ।

अक्षर संख्या :-

=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकमले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

उकाली चढेर गिरेको देखियो
खसेपछि भित्र छिरेको देखियो
मनभित्र कालो बोकेर हिँडेका
गाउँघर सारा पिरेको देखियो
कर्तुतको झोला भिरेको देखियो ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग २

चढी व्यर्थमा गिरेको देखियो
मनमा छैन छिरेको देखियो
अात्म शान्त कहाँ मिल्छ नखोजी
बुझ्दै नबुझी पिरेको देखियो
अनर्थ झोला भिरेको देखियो ।।

जमुना आचार्य, सिन्धुपाल्चोक

पञ्चाङ्ग ३

रणचण्डी भएपछि एक्लै गिरेको देखियो
पाखण्डी बनेपछि त झोला भिरेको देखियो
दम्भ पनि अचम्मै हाँडी गाउँको जात्रा जस्त्तै
एक्लै स्वार्थको बाइपासमा छिरेको देखियो
सौहार्दता खोज्नेलाई अझ पिरेको देखियो ।
प्रेम थापा, बागलुङ ।

पन्चाङ्ग ४

ठूला हौं भन्ने साहित्यकारहरु नै गिरेको देखियो
मै ठूलो हूँ भन्ने आफैंले नै उपाधी भिरेको देखियो
के के देख्नुपर्छ रडाको जताततै राजनीति जस्तो
पद पाएर अर्को क्याम्पतिर पनि फिरेको देखियो
पक्ष लिई अर्को टाङ्गमुनि गएर छिरेको देखियो ।

चूडा निर्भीक
गोरखा

पञ्चाङ्ग ५

स्वार्थमा डुबेर समाजमा आफैँ गिरेको देखियो
एक सोचेको मन व्यवहारले चिरेको देखियो
अनुसन्धान चलेको थियो र त थाहा भएको नि
गुणीलाई ऋण घातको बातले तिरेको देखियो
चोखिन भनी सभ्यताको मुकुण्डो भिरेको देखियो ।

सविता के.सी.

पञ्चाङ्ग ६

अहिलेकाे सरकार गिरेकाे देखियाे
नागरिकलाई व्यर्थले पिरेकाे देखियाे
हत्या हिँसा महँगी बढाएर यिनले
भ्रष्टाचारमा आफैँ नै छिरेकाे देखियाे
नागरिकले कर त तिरेकाे देखियाे ।
मधुसूदन प्रसाद घिमिरे

पञ्चाङ्ग ७

नैतिकता सबै, गिरेको देखियो
केवल मुखुण्डो,भिरेको देखियो
सरकारी गाडीमा, चढेर सधैं
रातीमा होटल, छिरेको देखियो
राष्ट्रलाई साह्रै, पिरेको देखियो ।

चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके

पञ्चाङ्ग ८

सक्कली देह अाफैँमा तान्न पिरेकाे देखियाे
विश्वास लिन कलेजाे मुटु चिरेकाे देखियाे
हितका साथी प्रेमका प्रार्थी लैजाउ साथैमा
प्रेमकाे प्याला सुगन्धि माला फिरेकाे देखियो
अति भै चुम्बा छुटेर तुम्बा भिरेकाे देखियाे

सुरेश चन्द्र घिमिरे

पञ्चाङ्ग ९

यस्तो सुन्दर ठाउँमा आफै गिरेको देखियो
साहित्यमा पनि राजनीति छिरेको देखियो
मैं लाउ मै खाउ भन्ने भावना बोकेर हिँड्दा
आफ्नो मनले आफैलाई पिरेको देखियो
भित्र भित्रै षड्यन्त्रकारी छिरेको देखियो ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १०

मानिसमा आजभोली नैतिकता गिरेको देखियो
हान्न मार्न र लड्न खुकुरी किन भिरेको देखियो
अपराध बढेर देशले सास फेर्न पाउदैन
जनता कै मानो खाँदै सदनमा छिरेको देखियो
कठैबरा नेता पाल्नलाई कर तिरेको देखियो ।

सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग ११

साहित्यमा पनि राजनीतिले पिरेको देखियो
साहित्यको स्तर दिनानुदिन गिरेको देखियो
रित्तै आयौँ रित्तै जानु छ भनी सिकाउनेहरू
आफैले लोभ र मोहको कुम्लो भिरेको देखियो
हेर् साहित्यकार त्यही हूलमा छिरेको देखियो ।

अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा…

इजरायली र हिज्बुल्लाह बीचको १४ महिना लामो युद्धबाट विस्थापित बासिन्दाहरूले इजरायली रक्षा बलहरू बसेको गाउँहरूमा फर्कने प्रयास गर्दा सोमबार इजरायली…

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

प्रतिकृयाहरू
...