Friday 11th July 2025

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- सैँतीसौँ भाग (३७)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिति:- २०७९/ ०३/२१
……………………………….
प्रशिक्षक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली”
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.

======================

अनुप्रास:- लुकेको, दुखेको, चुनेको, पुरेको, मुछेको, भुलेको आदि मिल्दो ।

स्थायी :- मिल्दो स्वइच्छा ।

अक्षर संख्या :-

=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकमले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

गहिराे घाउ पुरेकाे राम्राे हाे
बिगत दु:ख भुलेकाे राम्राे हाे
जीवनका उकाली ओरालीमा
कैयाैँ कुरा त लुकेकाे राम्राे हाे
बाँच्ने चुनाैती चुनेकाे राम्राे हाे ।

मधुसूदन प्रसाद घिमिरे

पञ्चाङ्ग २

सबै पीर भित्र लुकेको हुन्छ ।
भित्रभित्रै मन दुखेको हुन्छ ।
सबैलाई के थाहा पीडा भन्ने,
पीडाकै पहाड उठेको हुन्छ ।
वेदनाले मन पुरेको हुन्छ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ३

अझै पनि यो मुटुमा तिम्रै माया लुकेको महसुस हुन्छ
घरि घरि यो मुटु तिम्रै मायाले दुखेको महसुस हुन्छ
हुन त अलग जीवन यो विश्वासले घातक बनाएको
तर पनि यो मुटु तिम्रै मायाले सुकेको महसुस हुन्छ
फेरि पनि यो मुटु तिम्रै मायामा झुकेको महसुस हुन्छ।

✍️ अच्युत घिमिरे-भुटान बाट 🇧🇹

पञ्चाङ्ग ४

त्यो तिता कुराले यो मन दुखेको छ
भित्रभित्रै यो मेरो मन सुकेको छ
अरू अगाडी त हाँसेर छु बोलेकी
नजिक हैन तिमी टाढा उठेको छ
ति तिम्रा गल्ती ढाक्दाढाक्दै टुटेको छ ।

सुमित्रा पोखरेल काठमाडौं

पञ्चाङ्ग ५ झ्याउरे छन्द

अगाडि सरौं,जोड नै गरौं , छुटेको बेलामा
नहोउस् चोट,रसिलो ओठ, सुकेको बेलामा
भेटिए केही, कुभलो त्यही, नभए राम्रो हो ;
मिठास भाषा,भरेर आशा, कुरेको बेलामा
भो अझ तन , नभन्नु मन , दुखेको बेलामा ।

प्रेम थापा, बागलुङ ।

पञ्चाङ्ग ६

निकालेर देखाऊ तिमीमा लुकेको प्रतिभा
तिम्रो लागि भन्दै मैले नाम चुनेको प्रतिभा
छोरी पढाइ लेखाइ विद्वान बनाएकै हो
कैले देखाउँछ्यौ तिमी यहाँ छुटेको प्रतिभा
प्रयत्नले देखाइरहू न भुलेको प्रतिभा


मिठा मिठा भजन किर्तन सुनेको राम्रो
सबैले असल साथीभाई चुनेको राम्रो
समयलाई चिनेपछि झम्टिनु पर्छ रे
नराम्रा वचनहरू कान थुनेको राम्रो
त्यतिकै नबस्नु टालाटुली तुनेको राम्रो
~~~~~~~~~~~~~~
गुणनिधि घिमिरे अमेरिका

अभ्यास ७

भित्र भित्रै यो मन दुखेको छ
मेरा सारा पिडा लुकेको छ
कहाँ जाऊँ कसलाई भनौं
तिम्रा वचन्ले मन् टुटेको छ
आफै देखि रिस उठेको छ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ८

सबमा आफ्नै पिर लुकेको हुन्छ
थाहा नपाइ मन दुखेको हुन्छ
कसलाई पोख्नु खेै गुनासो पनि
सहारा हात पनि सुकेको हुन्छ
मापन गर्ने पनि चुकेको हुन्छ ।।

✍️✍️✍️✍️
जमुना आचार्य
सिन्धुपाल्चोक ।

पञ्चाङ्ग ९

मलमलमा ठेस लागेर दुखेको देखियो
दुखाइले कछुवाको शिर लुकेको देखियो
नाच्छन् ती पुतली बत्तीको उज्यालोमा
सहयोगी हातहरू थिए भुलेको देखियो
फाल्नलाई दही र चिउरा मुछेको देखियो ।

सविता के.सी., काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै…

तितोपाटी- हालै मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले…

तितोपाटी - पछिल्लो पटक चर्चामा रहेका गायक  दुर्गेश थापा र सिसन बानियाँले बजारमा ल्याएको  नयाँ गीत ‘जाने भए जाम माया’ले…

प्रतिकृयाहरू
...