Friday 11th July 2025

कविताः आजको गुनासो -गुणनिधि घिमिरे


🙏 ॐ गुरु ब्रह्मा गुरु विष्णु गुरुदेवः महेश्वरः 🙏
गुरु साक्षात परं ब्रह्मा तस्मै श्री गुरवेः नमः 🙏
आज गुरु पुर्णीमा रहेछ सबैलाई शुभकामना 🙏
सम्पूर्ण चराचर जगत गुरु मण्डलीमा मेरो हार्दिक नमन 🙏

— गुणनिधि घिमिरे
खान्द्रोङ्ग पाँचथर
उर्लाबारी मोरङ

आजको गुनासो
~~~~~~~~~~~~~~~~~~~~~~
एउटा राजा पाल्दा पाल्दै लाखौँ राजा भए
कर तिरेका पैसा जति उनकै खाजा भए
मिलेसम्म सुविधा र लाखौँलाख भत्ता
हाम्रो देशका जनता चाहिँ डम्फु बाजा भए ॥

मियो बिना दाईँ भयो
यिन्कै मात्र रजाईँ भयो
बिदेशीकै ईशारामा
यहाँ डम्फु बजाईँ भयो ॥

सुकुटे थिए चप्पल लाउनेहरू
दिनदिनै अफिस धाउनेहरू
पेन्सन भत्ता पाउन छाडे
यि चाहिँ सबथोक पाउनेहरू ॥

हेर कति साह्रो हाम्रो देश बिगार्ने नेताहरू
मनभित्र पाप धर्म सब निखार्ने नेताहरू
देश खाई सक्ने पऱ्यौ टुंग्याउने जस्तै गऱ्यौ
ठिक्क पार्दै मुखले मात्र देश सिंगार्ने नेताहरू ॥
~~~~~~~~~~~~~~~~~~~~~~~~
#म गुणनिधि घिमिरे हाल अमेरिका


सम्बन्धित शीर्षकहरु

तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै…

तितोपाटी- हालै मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले…

तितोपाटी - पछिल्लो पटक चर्चामा रहेका गायक  दुर्गेश थापा र सिसन बानियाँले बजारमा ल्याएको  नयाँ गीत ‘जाने भए जाम माया’ले…

प्रतिकृयाहरू
...