Sunday 16th November 2025

श्रीलंकामा प्रधानमन्त्री कार्यवाहक राष्ट्रपति नियुक्त, संकटकालको घोषणा


प्रधानमन्त्री रनिल विक्रमसिङ्घ देशको कार्यवाहक राष्ट्रपति नियुक्त भएको संसद्का सभामुखले बताएका छन् ।

संविधानको धारा ३७ को १ अन्तर्गत राष्ट्रपति गोटाबय राजपक्षले उनलाई नियुक्त गरेको जनाइएको छ । निवर्तमान राष्ट्रपतिले यस अघि नै अाज बुधबार पदत्याग गर्ने बताएका थिए  तर अाैपचारिक रूपमा उनले राजीनामा दिएको समाचार सार्वजनिक भएको छैन ।

अहिले  श्रीलङ्कामा सङ्कटकाल घोषणा गरिएको छ ।

श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष सेनाको विमानमा देश छोडेर भागेका छन्। उनकी श्रीमती पनि सँगै रहेको बताइएको छ। राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शनकारीहरूले उनको निवास कब्जा गरेको केही दिनपछि गोटाबयले देश छाडेका हुन् । राष्ट्रपतिले देश छोडेर भागे पनि कुन देशमा गए भन्ने कुरा बताइएको छैन ।

श्रीलंका अहिले चरम आर्थिक सङ्कटमा फसेपछि चर्को आक्रोश उत्पन्न भएको छ । श्रीलङ्कामा महिनौँदेखि दैनिक विद्युत् कटौती हुने गरेको छ भने मानिसहरूले इन्धन, खानेकुरा तथा औषधिको अभाव भोग्नुपरेको छ। केही सातादेखि मानिसहरू आन्दोलित भएका छन्, धेरैले यो अवस्थाका लागि राजपक्ष परिवार र उनीहरूले नेतृत्व गरेको सरकारलाई दोष दिएका छन्


सम्बन्धित शीर्षकहरु

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

प्रतिकृयाहरू
...