Saturday 25th July 2026

झापाली समाजद्वारा आर्थिक सहयोग


झापाली समाज कुवेतले समाजका प्रवक्ता इन्द्र पौडेल र महिला संयोजक रमा भण्डारीलाई आर्थिक सहयोग गरेको छ । समाजले समाजका प्रवक्ता ईन्द्र पौडेल (कृष्ण ) दाम्पत्ती दोय मोटरसाइकल दुर्घटना परि स- सक्त हुनु भएकोले उहाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारार्थ थोरै भएपनि सहयोग होस भनि नेपाली रूपैया ३१,०००।- अक्षेरूपी एकतीस हजार र महिला संयोजक रमा भण्डारी कि १३ वर्षीय नावालिका छोरी आफ्नै मावल घरको दुई तलाबाट अचनक दुर्घटना हुन गैइ असामयिक निधन हुन गएको प्रति गहिरो दुःख व्यक्त गर्दै यस दुःखद घडिमा शोकसन्तप्त सम्पुर्ण परिवार जन प्रति धैर्यधारण गर्ने शक्ति मिलोस भनि मृतक नावालिका प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आर्थिक सहयोग यसै चौथो अधिवेशनको समिक्षा बैठक बाटै सहयोग गरेको छ ।

समाजले समाजमा आबद्ध जो कोहि सदस्यहरुलाई भवितव्य पर्न गएमा वा कुनै पनि समस्या आईपर्दा सहयोग गर्दै आईरहेको छ ।

समाजको चाैथो अधिवेशनको समिक्षा बैठकको अवसर पारेर समाजले संरक्षक र सल्लाहकारहरु समेत चयन गरेको छ । संस्थाको संरक्षकको रूपमा लोमस बास्तोलालाइ चयन गरिएको छ भने मानार्थ संरक्षकमा ध्रुब कुमार संग्राैला (कुमार झापाली र सल्लाहकारमा छत्र बहादुर कार्की, भुवन सुवेदी र रामजी अधिकारीलाइ चयन गरेको छ । त्यसै गरि युवा संयोजक पदमा क्रान्ति प्रसाद अधिकारीलाइ चयन गरिएको छ ।

संरक्षक चयन भए लगत्तै बोल्दै संरक्षक बास्तोलाले मलाई मेरो दुई साल एक कार्यकाल नभैइ विश्व भरि फैलिएको कोरोनाका कारणले गर्दा चार साल दुई कार्यकाल नै हुन पुग्यो । यस समय भित्र मलाई साथ दिदै समाजलाई यहाँ सम्म ल्याई पुर्याउनको लागि प्रत्यक्ष वा अप्रत्यक्ष सबैलाई धन्यवाद दिदै नयाँ नव निर्वाचित अध्यक्ष लगायत सम्पुर्ण कार्यसमितिहरुलाई सफल कार्यकालको शुभकामना दिदै आगामी दिनमा पनि मेरो हर दिन साथ सपोट रहि रहने बताए ।

चौथो अधिवेशन पश्चात बसेकत्र पहिलो समिक्षा बैठक हिजो ८ जुलाई २०२२ शुक्रबारका दिन फाहाहिल स्थित ए वान नेपाली रेष्टुरेन्टमा समाजका अध्यक्ष गोबिन्द प्रसाद तिम्सीनाको अध्यक्ष्तामा सम्पन्न भएको थियो औपचारिक रुपमा सचिब राम न्यौपानेले सञ्चालन गरेको समिक्षा बैठकको अनत्यमा अध्यक्ष गोबिन्द प्रसाद तिम्सीनाले सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि समाजलाई यसै गरि सबैको साथ अति नै जरुरत पर्ने हुन्छ तेसैले समाजमा जागुरुक हुन अनुरोध गर्दै संरक्षक, सल्लाहकारहरुको परामर्शका साथ संस्थालाइ अगाडि बढाउने बताउँदै प्रवासमा रहेका युवा वर्गको समस्याहरूलाइ सहज ढंगले समाधान गर्न सकियोस भनि युवा संयोजक पनि मनोनित गरिएको बताउँदै कार्य व्यस्तताको वावजुद पनि समिक्षा बैठकमा उपस्थित हुनुभएका सबैलाइ धन्यवाद दिंदै सबैलाइ साथ लिएर अघि बढ्ने प्रतिवद्धता जनाउँदै बैठकको समापन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

होर्मुज जलडमरु (Strait of Hormuz) मा २८ जना भारतीय चालक दलका सदस्य रहेको एउटा एलपीजी (LPG) ट्यांकरमाथि आक्रमण भएको बताइएको…

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

पूर्वाधार न्यायाधिकरण गठनको तयारी अन्तिम चरणमा, विकास आयोजनाका विवाद छिट्टै टुंगिने अपेक्षा नेपालमा सार्वजनिक पूर्वाधार आयोजनासम्बन्धी विवादलाई छिटो र विशेषज्ञतापूर्ण…

प्रतिकृयाहरू
...