Saturday 24th January 2026

भारतको जम्मु कश्मीर स्थित अमरनाथ क्षेत्रमा बाढी, कम्तिमा १६ को मृत्यु


भारतको जम्मु कश्मीरस्थित अमरनाथ क्षेत्रमा भारी वर्षासँगै आएको बाढीका कारण १६ जनाको मृत्यु भएको छ भने अन्य दर्जनाै मानिसहरू हराइरहेका छन् । अमरनाथ गुफा क्षेत्रमा वार्षिक मेला लागेको समयमा बाढी आएकोले हताहत हुनेमा सबै तिर्थालुहरू रहेका छन् । यस क्रममा गुफा नजिकै रहेका तीर्थयात्रीहरूका शिविर पनि बाढीले बगाएको सरकारी अधिकारीहरूले बताएका छन् ।

वार्षिक रुपमा मेला लाग्ने उक्त पहाडी गुफामा पूजा गर्नका लागि करिब १० हजार तीर्थयात्रीहरू जम्मा भएका थिए । बाढीपछि उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । बाढीमा हराइरहेकाहरूको खोजी कार्य जारी रहेको बताइएको छ ।

बाढीमा कम्तीमा ४० जना हराइरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म १६ जनाको शव भेटिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाका कारण आफू दुखी बनेको प्रतिक्रिया दिएका छन् ।

हरेक वर्ष झैँ यस वर्ष पनि अमरनाथ तीर्थयात्रा जुन ३० मा सुरु भएको हो । जहाँ १० हजार जति तीर्थयात्रीहरू त्यसअघि नै उक्त गुफा भएको क्षेत्रमा पुगिसकेका थिए ।


सम्बन्धित शीर्षकहरु

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

प्रतिकृयाहरू
...