Friday 11th July 2025

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरि हत्या, नेपालमा पनि शोक मनाइने


जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरि हत्या भएको छ ।शुक्रबार गोली प्रहारपछि उपचारको क्रममा आबेको निधन भएको हो । नारा सहरमा चुनावी सभामा भाषण गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनलाई गोली प्रहार गरिएको थियो भने उनलाइ छातीमा गोली लागेको थियो । कट्टर राष्ट्रवादी नेताका रूपमा चिनिएका आबेलाइ पूर्व सुरक्षाकर्मीले पछाडिबाट गोली चलाएका थिए ।

सन् २००६ मा उनी जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए। सबैभन्दा लामो समय प्रधानमन्त्री भएका आबेले सन् २०२० मा स्वास्थ्यको कारण देखाउँदै पदत्याग गर्ने घोषणा गरेका थिए।

आबेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद्‍को बैठकले आबेको निधनमा शनिबारका लागि राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । यस्तै सरकारले उनको निधनमा दु:ख व्यक्त गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

बेरुत: लिटानी नदीको दक्षिणमा रहेको आइतत शहरका बासिन्दाहरूले बिहीबार UNIFIL सेनामाथि आक्रमण गरे। आक्रमणकारीहरूले लेबनानी सेनाको एकाइको साथ नदिई वादी…

तितोपाटी- रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कमा आएका छन् । बिहीबार बिहान हराएका कर्मचारीहरु गुल्मी जिल्लाबाट…

अमेरिकाले इजरायलमा फराकिलो सैन्य निर्माण पहलको निरीक्षण गरिरहेको छ, जसको मूल्य १.५ अर्ब डलरभन्दा बढी छ र यो परियोजना पूर्ण…

प्रतिकृयाहरू
...