Saturday 16th May 2026

राष्ट्रप्रेमी बस्याल द्रारा “एक घर एक लालीगुराँस “अभियान


पाल्पा – बगनासकाली ८ बराङ्दी पाल्पाका सुशिल बस्याले “राष्ट्रप्रेमी”ले बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेका छन ।

बस्यालका अनुसार बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेर बराङ्दी वडालाई नमुना वडा बनाउनको लागी पहल गरेको बताए । उनले आफ्नो घरमा श्री सिद्दबाबा मन्दिर बराङ्दी घिउसिबास, श्री महामृत्युञ्जय शिवासन धाम, बराङ्दी आयुर्बेद औषधालय, श्री बेद माध्यमिक बिद्यालय, कालीगण्डकी बोर्डिङ, बराङ्दीको वडा कार्यलय र बेलौतिखरक टोल भरि लाली गुराँस लगाएर अभियानको सुरुवात गरेका छन।

वडामा निवेदन दिदैँ बस्यालले वडा कार्यलय अगाडि लगाएको लालीगुराँसले जनप्रतिनिधि ,कर्मचारीहरुलाई यो अभियानलाई अगाडि बढाउन ध्यानाकर्षण हुने बताए।

यो अभियान अत्यन्तै राम्रो भएको र यस्ता अभियानले गाउँ समाजको बिकास हुने बराङ्दी ८ का वडा सदस्य कृष्ण बस्याल बताउछँन ।

श्री सिद्दबाबा मन्दिरका पुजारी हुमराज गैरे , शिवासन धामका महासचिव कृष्ण बस्याल, धामका पुजारी लालप्रसाद पन्थी , बराङ्दी आयुर्बेद औषधालय प्रमुख सिर्जना के. सी ,बेद माध्यमिक बिद्यालयका प्रध्यानाध्यापक ठानेश्वर भटराई , कालीगन्डकी बोर्डिक स्कुलका प्रध्यानाध्यापक गणेश बस्याल , बराङ्दी स्वास्थचौकीका स्वास्थकर्मी गोमबहादुर क्षेत्रीले अभियानलाई सफलताको शुभकामना दिदैँ यिनि कामले समाजको सकरात्मक परिवर्तन हुने र समाजलाई दिर्घकालीन फाईदा गर्ने भएकाले यि अभियान सफल बनाउन निरन्तर खट्ने प्रतिबद्दता ब्यक्त गरेका थिए ।

बस्याल विभिन्न सामाजिक संघसस्थामा आबद्ध छन । उनी सामाजिक काममा सक्रिय देखिन्छन् । उनले दुई महिना अगाडि राष्ट्रप्रेमी गित बिमोचन गरेका थिए । उक्त गितमा उनी सामाजिक कार्यमा सक्रिय भएको भुमिकामा देखिएका थिए । काम नगर्ने, कुभलो सोच्ने र सामाजिक एकता भन्दा बाहिर काम गर्नेलाई ” हरामी” उपनाम दिएका थिए ।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...