Sunday 21st December 2025

टहल आचार्यको गजल संग्रह – ४१


राष्ट्र प्रेम देशभक्ति सबै झुकाउने भयौं ,
अब डलरमा ज्यानकै मूल्य चुकाउने भयौं ।

एमसिसी एसएसपी नेपालमा भित्रयाउन ,
कायर भै ईतिहास किर्ती लुकाउने भयौं ।

सार्वभौम स्वतन्त्रता जोगाउने साँध सिमा ,
गौंडागल्फा बारबन्देजहरु फुकाउने भयौं ।

आफ्नै आँगन मझेरी धारो बाटो चौतारीमा ,
बिदेशीका छिर्के मिर्के कुकुर भुकाउने भयौं ।

अमूल्य ती खोलाखोल्सा झरना र छहरामा ,
रगतको भेल बगाई पानी सुकाउने भयौं ।

टहल आचार्य
२०७९/०३/०७


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...