Wednesday 21st January 2026

सारथि साहित्य परिवारको अध्यक्षमा बासु सापकोटा चयन


सारथि साहित्य परिवारको चौथो वार्षिकोत्सव समापन पछि बसेको सञ्चालक समितिको पहिलो बैठकको सर्वसम्मत निर्णयले मिति २०७९ साल असार ०४ गतेदेखी लागू हुनेगरी श्री बासु सापकोटालाई अध्यक्षमा चयन गरेको छ।

दोलखामा जन्मनु भएका बासु संस्थाको स्थापनाकालदेखि नै संस्थाको उपसंयोजक साथै सचिवको पूर्ण जिम्मेवारी लिएर कार्य गर्दै आउनु भएको थियो।

हाल उहाँ जमर्को साहित्य समाजको संचालक समिति सदस्य पनि हुनुहुन्छ।
त्यस्तै कोपिला साहित्य समाजको केन्द्रिय सदस्य तथा विदेश विभाग प्रमुख हुनुहुन्छ र गमुको साहित्य समाजको महासचिव हुनुहुन्छ।

उहाँ विगत ९ बर्षदेखी दक्षिण अफ्रिका राजदुतावासमा कार्यरत हुनुहुन्छ।

रामेछापका स्रस्टा सिताराम खड्काको संयोजकत्वमा २०७५ साल जेठ १३ गते यो संस्था स्थापना भएको थियो।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...