Saturday 18th July 2026

सारथि साहित्य परिवारको अध्यक्षमा बासु सापकोटा चयन


सारथि साहित्य परिवारको चौथो वार्षिकोत्सव समापन पछि बसेको सञ्चालक समितिको पहिलो बैठकको सर्वसम्मत निर्णयले मिति २०७९ साल असार ०४ गतेदेखी लागू हुनेगरी श्री बासु सापकोटालाई अध्यक्षमा चयन गरेको छ।

दोलखामा जन्मनु भएका बासु संस्थाको स्थापनाकालदेखि नै संस्थाको उपसंयोजक साथै सचिवको पूर्ण जिम्मेवारी लिएर कार्य गर्दै आउनु भएको थियो।

हाल उहाँ जमर्को साहित्य समाजको संचालक समिति सदस्य पनि हुनुहुन्छ।
त्यस्तै कोपिला साहित्य समाजको केन्द्रिय सदस्य तथा विदेश विभाग प्रमुख हुनुहुन्छ र गमुको साहित्य समाजको महासचिव हुनुहुन्छ।

उहाँ विगत ९ बर्षदेखी दक्षिण अफ्रिका राजदुतावासमा कार्यरत हुनुहुन्छ।

रामेछापका स्रस्टा सिताराम खड्काको संयोजकत्वमा २०७५ साल जेठ १३ गते यो संस्था स्थापना भएको थियो।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष सक्रियतापछि नेपाल राष्ट्र बैंकले उद्योगी–व्यवसायीले उठाएका मागअनुसार चालु पुँजी कर्जासम्बन्धी एकीकृत निर्देशन संशोधन गरेपछि मौद्रिक…

इस्लामाबाद/मुजफ्फराबाद, जुलाई १७ — पाकिस्तान प्रशासित कश्मीर (आज़ाद जम्मू–कश्मीर) मा पछिल्ला केही सातादेखि जारी राजनीतिक अशान्ति र सुरक्षा कारबाहीका क्रममा…

गुलाम नबी मन्सुर, कुवेत - जब देशका ऊर्जाशील युवाहरूले पालैपालो आफ्नै शरीरमा आगो लगाएर जीवन अन्त्य गर्नुपर्ने अवस्था सिर्जना हुन्छ,…

प्रतिकृयाहरू
...