Saturday 18th July 2026

कविता – आत्मतृष्टि -सीता देवी


भावनापूर्ण अभिनव सोच हाम्रो होस,
सम्झनाको मिठो स्मृति संधै रहोस।

सजल नयनमा उदित किरण दिव्य ज्योति,
सरल मनमा चेतनाको भव्य मोती।

सारा सृष्टिमा माधुर्यको छाया,
प्रकृतिको सुन्दर विकासमा माया।

सुर्यको अनुरागमा आनन्दित आत्मा,
शुद्ध प्रेमको निष्ठामा परमात्मा।

आकांक्षा असल बन्छ सन्जीवनी ममतामा,
बास्ना चाहनाको कीर्तिमान हुन्छ स्वच्छतामा।

खुसी मिल्छ एकताको प्रभावमा,
शान्ति हुन्छ उदार चित्तरागमा।

जिन्दगी जिउन मिठो हुन्छ सत्य आशामा
सुस्थिर मुहारमा रम्य हुन्छ असल आत्मतृष्टि ।

सीता देवी, लखिमपुर, आसाम।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष सक्रियतापछि नेपाल राष्ट्र बैंकले उद्योगी–व्यवसायीले उठाएका मागअनुसार चालु पुँजी कर्जासम्बन्धी एकीकृत निर्देशन संशोधन गरेपछि मौद्रिक…

इस्लामाबाद/मुजफ्फराबाद, जुलाई १७ — पाकिस्तान प्रशासित कश्मीर (आज़ाद जम्मू–कश्मीर) मा पछिल्ला केही सातादेखि जारी राजनीतिक अशान्ति र सुरक्षा कारबाहीका क्रममा…

गुलाम नबी मन्सुर, कुवेत - जब देशका ऊर्जाशील युवाहरूले पालैपालो आफ्नै शरीरमा आगो लगाएर जीवन अन्त्य गर्नुपर्ने अवस्था सिर्जना हुन्छ,…

प्रतिकृयाहरू
...