Wednesday 9th July 2025

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०६ औं स्वछन्द कविता श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०६ औं स्वछन्द कविता श्रृङ्खला यहि मिति २०७९ साल अासार १ गते सम्पन्न भयाे ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एबं बरिष्ठ साहित्यकार डा शैलेन्दु नेपालकाे प्रमुख अातिथ्यतामा साथै बरिष्ठ साहित्यकार डा,बम वहादुर थापा,कलानिधि दाहाल,गंगा लिगल,मणिराज सिंह,डा सिता सुवेदीकाे विशिष्ठ अातिथ्यता अनि सुधा बास्काेटाको कुशल उद्घघाेषणमा भएको काव्य गाेष्ठीमा अतिथि साहित्यकारहरु क्रमश चुडा निर्भिक,द्वारिका कुईकेल,दुर्गा रिमाल अधिकारी,उर्मिला पन्त,गंगा अभिलाषी,सुधा मिश्र,वीर बहादुर लाेहनी,टेक बहादुर लाैडारी,उमा वडारी,यज्ञ सुवेदी,बिनु बाबा घिमिरे,शुरेश चन्द्र घिमिरे,सिता पाण्डे,सिता घिमिरे,उत्तम भेटवाल,लगायत २४ जना सर्जकहरुले अा-अाफ्ना कविता वाचन गर्नु भयाे ।

प्रमुख अतिथि शैलन्दु नेपालले देवकाेटाकाे भनाई उद्घ्रित गर्दै छन्द र लय विना कवि र गायक बन्न सक्दैन ।छन्द कवि र गध्य कवि फरक हाेईन कविता लेख्ने सबै कवि हाे भन्नु हुँदै लाेक लय र अाफ्नै सम्पत्ति हाे भन्नु भयाे ।अाफ्नाे रजना प्रस्तुत गर्नु भयाे ।डा,बम बहादुर थापाले चन्द्रागिरि साहित्यले विभिन्न उप विधाकाे विकासमा याेगदान पुर्याएकाे छ ।

विशिष्ठ अतिथि कलानिधि दाहाल,गंगा लिगलले चन्द्रागिरिकाे उत्तराेत्तर प्रगतीकाे कामना गर्दै अा-अाफ्ना रचना सुनाउनु भयाे ।

अन्तमा जनार्दन अधिकारी धड्कनले १०६ श्रृङ्खला सम्म निरन्तर यहाँहरुकाे अमूल्य समयकाे याेगदान भएकाेले कार्यक्रम उत्साह जनक रुपमा अगाडि बढेर हर्षलाइ स्वागत गर्न पाएकाे हाे भन्नु हुँदै उटा सफल साहित्यकार हुँ भन्न कुनै एक विधाले मात्र हुँदैन सबै विधामा कलम चलाउनु पर्छ तर कुनै एकमा विशिष्टता अाफ्नाे परिचय छाप छाेड्न सक्नु पर्छ भन्नु हुँदै प्रमुख अतिथि ज्यू,र सहभागी सम्पूर्ण स्रष्टाहरू,संरक्षक ज्यू,कार्यक्रम संयाेजक ज्यू लगायत सम्पूर्ण उपस्थित अतिथि स्रष्टा महानुभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्नु हुँदै खाेरियाकाे सैदान्तिक अवधारणा प्रष्ट्याउँदै खाेरिया वाचन अनि कविता वाचन गरि कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

मिडिया रिपोर्टका अनुसार, यमनी नागरिकको हत्या गरेको अभियोगमा दोषी ठहरिएकी भारतीय नर्स निमिषा प्रियालाई जुलाई १६ मा मृत्युदण्ड दिइनेछ। गत…

हिब्रू मिडियाले मंगलबार रिपोर्ट गरेको छ कि 'इजरायली' प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र सिरियाली राष्ट्रपति अहमद अल-शारा बीच वाशिंगटनमा उच्चस्तरीय बैठक…

यमनका हुथीहरूले हालै नौसेना अपरेशनको फुटेज जारी गरेका छन । जसले लाल सागरमा व्यावसायिक जहाज म्याजिक सीजलाई डुबाएको देखाएको छ…

प्रतिकृयाहरू
...