Thursday 10th September 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०५ औं स्वतन्त्र काव्य श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १०५ औं स्वतन्त्र काव्य श्रृङ्खला यहि मिति २०७९ साल जेष्ठ २५ गते सम्पन्न भयाे ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एबं बरिष्ठ साहित्यकार पुरुषाेत्तम सिग्देलकाे प्रमुख अातिथ्यतामा साथै बरिष्ठ साहित्यकार कलानिधि दाहाल,गंगा लिगल,मणिराज सिंह ज्यूकाे विशिष्ठ अातिथ्यता अनि सिता पाण्डे अधिकारीकाे कुशल उद्घघाेषणमा भएको काव्य गाेष्ठीमा अतिथि साहित्यकारहरु क्रमश.लक्ष्मी प्रसाद मिश्र,उर्मिला पन्त,गंगा अभिलाषी,जानुका थापा रायमाझी,चन्द्रावति अधिकारी,बिनु बाबा घिमिरे,शारदा अाचार्य,टेक बहादुर हमाल,शुरेश चन्द्र घिमिरे,सिता पाण्डे लगायत १६ जना सर्जकहरुले अा-अाफ्ना रचना वाचन गर्नु भयाे ।

प्रमुख अतिथि पुरुषाेत्तम सग्देलले नया स्वादका वाङमयका अनुष्ठानले गरिमा पक्रेकाे पाएँ भन्नु हुँदै वाचित रचनाकाे टिप्पणी सहित अाफ्नाे रचना सुनाउनु भयाे । विशिष्ठ अतिथि कलानिधि दाहाल,गंगा लिगलले चन्द्रागिरिकाे उत्तराेत्तर प्रगतीकाे कामना गर्दै अा-अाफ्ना रचना सुनाउनु भयाे ।

अन्तमा जनार्दन अधिकारी धड्कनले १०५ श्रृङ्खला सम्म निरन्तर यहाँहरुकाे अमूल्य समयकाे याेगदान भएकाेले कार्यक्रम उत्साह जनक रुपमा अगाडि बढेर हर्षलाइ स्वागत गर्न पाएकाे हाे ।अहिले खाेरिया,उदक,सुसेली लगायत नयाविधाहरु पनि ज्यादै लाेक प्रिय हुँदै अाईरहेका छन् ।एउटा सफल साहित्यकार हुँ भन्न कुनै एक विधाले मात्र हुँदैन सबैमा विधामा कलम चलाउनु पर्छ तर कुनै एकमा विशिष्टता अाफ्नाे परिचय छाप छाेड्न सक्नु पर्छ भन्नु हुँदै प्रमुख अतिथि ज्यू,र सहभागी सम्पूर्ण स्रष्टाहरू,संरक्षक ज्यू,कार्यक्रम संयाेजक ज्यू लगायत सम्पूर्ण उपस्थित अतिथि स्रष्टा महानुभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्नु हुँदै खाेरियाकाे सैदान्तिक अवधारणा प्रष्ट्याउँदै खाेरिया वाचन अनि चारु वाचन गरि कार्यक्रम समापनकाे घाेषणा गर्नु भयाे ।


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...