Thursday 18th December 2025

मणिपुरमा शुरू भयो हाइवे पेट्रोलको काम


डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुर राज्यको राजमार्ग NH -2 मा भएको विभिन्न प्रकारको अपराधहरूको रोकथामको लागि सरकारले हाइवे पेट्रोल जीपीएस सिस्टम शुरू गरेको छ ।
प्राप्त समाचार अनुसार आज इम्फाल आयोजित सानो समारोहमा राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले झंडोत्तोलन गरेर शुरु गरेका छन ।

सानो समारोहमा बोल्दै बिरेनले भने कि गतः महिना माओ र काङलातोङबी बीच जीपीएस वाहन सेवा शुरू गरेको थियो ।त्यसको सफल परीक्षण पछाडि आज फेरि मोरे र तेङनौपाल बीच यो सेवा शुरू गरिएको हो ।

उनले अगाडि भने कि यसको पनि सफल परिणाम पछाडि राज्यका सबै जिल्लामा यो सेवा शुरु गरिने छ ।
उनले अगाडि थपे कि यस महत कार्यमा सबैले पुलिस कमान्डो पेट्रोल टिमलाई सहयोग गर्नुपर्ने छ ।
स्मरण रहोस् राज्यका मुख्यमन्त्री बिरेनले गतः महिना नै यो सेवाको शुरूआत गरेका हुन ।जसका सकारात्मक परिणामहरू देखा परेका छन ।सरकारले यो पहलले अवश्य पनि राहत पुर्याउने छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन…

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

प्रतिकृयाहरू
...