Thursday 22nd January 2026

इन्द्र बोन्तावा देवाको रचना “कहिलेकाहीँ हुँदोरहेछ”


लक्ष्य बिनाको जिन्दगी
धागो बिनाको चङ्गा
खै यस्तो पनि कहिलेकाहीँ हुँदोरहेछ ।

गन्तब्य बिनाको यात्रा
हृदय बिहिन सहयात्री
खै यस्तो पनि कहिलेकाहीँ हुँदोरहेछ ।

विवेक बिहिन बुद्धि
सिद्धान्त बिहिन बिचार
खै यस्तो पनि कहिलेकाहीँ हुँदोरहेछ ।

रङ्ग बिनाको फूल
अक्षर बिनाको कागज
खै यस्तो पनि कहिलेकाहीँ हुँदोरहेछ ।

साहस बिनाको तागत
कर्म बिनाको अभिलाषा
खै यस्तो पनि कहिलेकाहीँ हुँदोरहेछ ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...