Thursday 22nd January 2026

इन्द्र बोन्तावा देवाको रचना “आश लाग्न थाल्यो”


अविच्छिन्न यात्रा, थकित कदमहरु
अदम्य साहस पनि धर्मराउन थाल्यो
दुर्गम ढुङ्गे बाटो, घुम्ती उकालीहरु
अटल बिश्वास पनि चर्मराउन थाल्यो ।

सुगन्धित मनमोहक अस्पृश्य पुष्पहरू
पाउने अभिलाषा ओइलाउन थाल्यो
खोलानालाको पुलहरु, उकालीका चौतारीहरु
कल्पनाका महलहरु सवै भत्कन थाल्यो ।

झरनाबाट अविरल तल बज्रिने पानी जस्तै
यो जिन्दगीको अस्तित्व पनि खस्किन थाल्यो
ग्रीष्म कालमा सुकिजाने हरियाली पनि
वसन्तमा पालुवाको आश लाग्न थाल्यो ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...