Monday 10th November 2025

नुवाकोट धादिङ रसुवा समाज कुवेतको आफनो दोस्रो अधिवेशन तथा चौथो वार्षिक उत्सब आगामी जुलाई २२ तरिक २०२२


“आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ सन २०१७ मा स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतको आफनो दोस्रो अधिवेशन तथा चौथो वार्षिक उत्सव आगामी जुलाई २२ तरिक २०२२ शुक्र्बार दिन कुबेत को खैतान स्थित राजधनी होटेलमा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथ गर्ने संस्थाका अध्यक्ष राकेश मनाङ्थेन ले मिडिया मार्फत जानकारी दिएक छन।

जगारीका शिलसिलामा कुवेतमा कार्यरत नुवाकोट,धादिङ, रसुवाका दाजु भाई तथा दिदी बहिनी हरुलाई एकीकृत गर्दै समाजले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक संस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नुवाकोट धादिङ रसुवा समाज कुवेतले कुवेतका संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहदै आएको छ। भने संघले विभिन्न खाले अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले भ्याए सम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ।

उक्त हुने दोस्रो अधिवेशन तथा चौथो बार्षिक उत्सब कार्यक्रमा नुवाकोट धादिङ रसुवा बाट रोजगारीको सिलसिलामा कुवेतमा रहनुहुने र सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई कार्यक्रमा सहभागिता जनाई कार्यक्रमलाई सफल बनाइदिनु हुन समाजका अध्यक्ष राकेश मनाङथेनले आग्रह गरेका छन्।
साथै उक्त दिन कुवेतमा क्रियाशील संघ संस्थाहरुले कार्यक्रम नजुधाई दिना कार्यक्रम संयोजक धर्म तामाङ ले अनुरोध गरेको छन।

कार्यक्रमको विवरण
मितिः जुलाई २२ तारिक २०२२
समयः बिहान ११ बजे देखी
स्थान :खैतान राजधनी होटेल
आयोजक : नुवाकोट धादिङ रसुवा समाज कुवेत


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ र इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण…

चिनियाँ नेता सी जिनपिङको निरीक्षणमा भव्य आयोग समारोह पछि चीनको सबैभन्दा उन्नत विमान वाहक, फुजियान, सेवामा प्रवेश गरेको छ, राज्य…

इस्तानबुल: टर्किएले युद्धको अन्त्य गर्न वार्ता अन्तर्गत उत्तरी इराकमा लुकेका हजारौं कुर्दिस्तान वर्कर्स पार्टी (PKK) लडाकुहरू र नागरिकहरूलाई घर फर्कन…

प्रतिकृयाहरू
...