Saturday 21st March 2026

नुवाकोट धादिङ रसुवा समाज कुवेतको आफनो दोस्रो अधिवेशन तथा चौथो वार्षिक उत्सब आगामी जुलाई २२ तरिक २०२२


“आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ सन २०१७ मा स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतको आफनो दोस्रो अधिवेशन तथा चौथो वार्षिक उत्सव आगामी जुलाई २२ तरिक २०२२ शुक्र्बार दिन कुबेत को खैतान स्थित राजधनी होटेलमा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथ गर्ने संस्थाका अध्यक्ष राकेश मनाङ्थेन ले मिडिया मार्फत जानकारी दिएक छन।

जगारीका शिलसिलामा कुवेतमा कार्यरत नुवाकोट,धादिङ, रसुवाका दाजु भाई तथा दिदी बहिनी हरुलाई एकीकृत गर्दै समाजले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक संस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नुवाकोट धादिङ रसुवा समाज कुवेतले कुवेतका संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहदै आएको छ। भने संघले विभिन्न खाले अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले भ्याए सम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ।

उक्त हुने दोस्रो अधिवेशन तथा चौथो बार्षिक उत्सब कार्यक्रमा नुवाकोट धादिङ रसुवा बाट रोजगारीको सिलसिलामा कुवेतमा रहनुहुने र सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई कार्यक्रमा सहभागिता जनाई कार्यक्रमलाई सफल बनाइदिनु हुन समाजका अध्यक्ष राकेश मनाङथेनले आग्रह गरेका छन्।
साथै उक्त दिन कुवेतमा क्रियाशील संघ संस्थाहरुले कार्यक्रम नजुधाई दिना कार्यक्रम संयोजक धर्म तामाङ ले अनुरोध गरेको छन।

कार्यक्रमको विवरण
मितिः जुलाई २२ तारिक २०२२
समयः बिहान ११ बजे देखी
स्थान :खैतान राजधनी होटेल
आयोजक : नुवाकोट धादिङ रसुवा समाज कुवेत


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...