Thursday 10th September 2026

साकेला उभाैली ५०८२ कुवेतमा पनि धुमधामका साथ मनाइयो


कुवेतमा साकेला उभाैली ५०८२ धुमधामका साथ मनाइएको छ । कुवेतमा क्रियाशील तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले हिजो मे २७ तारिख २०२२ शुक्रबारको दिन कुवेतको फाहाहिल स्थित कोहिनुर इन्टरनेसनल रेस्टुरेन्टमा आफ्नो महान् राष्ट्रिय चाड शालिवा श्यादर पिदार, यक्वा तङनाम साकेला उभौली-५०८२ संयुक्त रूपमा मनाएका हुन् ।

कार्यक्रम किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईको सभाध्यक्षता, नेपाली दुतवास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता, एनआरएनए कुवेतका अध्यक्ष रण ध्वज लामाको बिशेष आतिथ्यता, कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी तथा प्रतिनीधि, पत्रकार, समाजसेवी, वुद्धिजीवि लगायतको आतिथ्यता तथा किरात दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको थियो ।

प्रमुख अतिथी महामहिम राजदूत भण्डारीले शुभकामना मन्तव्य दिनुहुँदै नेपाल विविधतामा अनेकता र अनेकतामा एकता भएको देश भएकोले नेपालभित्र मनाइने चाडपर्व हामी सबै नेपालीहरूलाइ एकताको सुत्रमा बाँध्ने सांस्कृतिक धरोहर हुन भन्दै स्वदेशमा मात्र नभएर विदेशमा समेत सांस्कृतिक, सामाजिक महत्व राख्ने यस प्रकारका गतिविधिलाइ निरन्तरता दिइ जिवन्त राखेकोमा अायोजकलाइ धन्यवाद दिंदै हाम्रा संस्कृति र परम्परालाइ जोगाइ राख्न सबैले सबै चाडपर्वलाइ निरन्तरता दिदै एक पुस्ताबाट अर्को पुस्तामा संस्कार हस्तान्तरण गर्नृ हामी सबैको दायित्व भएकोले सबै नेपालीले संस्कृति संरक्षणमा लाग्नु पर्ने बताए ।
कार्यक्रममा एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ कुवेतका सहसचिब हरि बानियाँ, नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष नारन घलान, सुनुवार सेवा समाज शाखा कुवेतका अध्यक्ष लाल बहादुर सुनुवार, किरात याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष अरुण लिम्बु, आदिवासी जनाजाती महासघ कुवेतका उपाध्यक्ष बल बहादुर काम्बाङ, नेपाली जन–सम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरही, विश्व नेपाली साहित्य समाज कुवेतका अध्यक्ष प्रेम कटुवाल, तमु समाज कुबेतका महासचिव सुरेश गुरुङलगायतले शुभकामना मन्तव्य दिएका थिए

कार्यक्रममा राईहरुको मौलिक झाँकी साकेला नाच, लिम्बूहरुको मौलिक नाच केलाङ नाच र सुनवारहरुको मौलिक झाँकी श्यादर नाच प्रस्तुत गरिएको थियो । माया चाम्लिङ राईको स्वागत तथा रोशन राइको संचालनमा सम्पन्न कार्यक्रमको अन्त्यमा सभाध्यक्ष मन्जित चाम्लिङ राई कार्यक्रमलाइ भव्य र सभ्य रूपमा सफल बनाउन प्रत्यक्ष/परोक्ष रूपमा सहयोग गर्नु हुने सबैप्रति आभार ब्यक्त गर्दै कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार, खेलाडी तथा कलाकारहरु सम्पूर्णमा धन्यवाद दिदै कार्यक्रमको समापन गरे।


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...