Thursday 23rd July 2026

सामाजिक संजालमार्फत बलात्कारको घटना सार्वजनिक भएपछि प्रहरीद्वारा आरोपी पक्राउ


ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लगेका मनोज पाण्डे पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।

एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौनशोषण गरेको आरोप लगाएकी थिइन् । सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक भएपछि यो विषयले संसदमा समेत स्थान पाएर राष्ट्रिय चासोको विषय बनेको छ भने चाैतर्फीरूपमा यस घटनाको विरोध भइरहेको छ ।

भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो । भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समितिसमेत बनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् । समितिले शुक्रबारबाटै काम सुरु गरेको छ ।

शुक्रबार यो विषय संसद्‍मा समेत उठेको थियो । नेपाली काँग्रेसका सांसद् गगनकुमार थापाले यस विषयमा संसद्को ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले यससम्बन्धमा छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका थिए ।


सम्बन्धित शीर्षकहरु

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

प्रतिकृयाहरू
...