Thursday 10th September 2026

असममा बाढीको प्रकोप गंभीर, सेना द्वारा खाद्यन्न वितरण


डा. हरिमोहन पोखरेल, कोहिमा /गतः दुई साता देखि निरन्तर रुपमा परेको पानीले अचानक बाढको रूपमा परिवर्तित भए देखि पूर्वोत्तर भारतको असममा भने भयानक रूप लिँदै धेरै भन्दा धेरै जानमालको समेत हानी नोक्सानी गरेको समाचार छ ।

प्राप्त समाचार अनुसार असमको बाढीले अत्यन्त प्रभावित छेत्रको रूपमा दिमाहसाऔ लगायत बराकभेली र हाफलोङ र लामडिङमा भने अहिले सम्ममा लगभग चारलाख मानिसहरू प्रभावित भएको खबर छ ।

एनडीआरएफ, एसडीआरएफ लगायत भारतीय वायुसेना र आर्मी र पुलिस लगायत सामाजिक संस्थाहरूले सक्दो राहत पुर्याएको कुरा पनि प्रकाशमा आएको छ ।

हवाई सेवाको माध्यमबाट आपतमा परेकाहरूलाई पल -पलमा तैनात रहेको कुरा पनि भारतीय सेनाले जनाएको छ । भारतीय वासुसेनाले आजबाट दिमाहसाऔ एरिया र बराक भेलीमा खाद्य सामाग्री वितरण गर्ने कुरा पनि गरेको छ ।

यसरी नै नागालैंडमा पनि सेचु जुबुजा एरियामा गएको पहिरोले गर्दा राष्ट्रिय राजमार्ग दुई बंद भएको र मणिपुरको तर्फ जाने मालगाडीहरू बाटोमा फॅसी रहेको खबर छ ।
मणिपुरका केही ठाउँमा पनि पहिरोले बराक नदीको पूल समेत बगाएर लागेको साथै इम्फाल शहरका केही ठाउँमा आंशिक रुपमा डुबाऊ भएको खबर छ ।
असममा बाढको ताण्डव कहिले सम्म रोकिने हो ।त्यो त आउने भविष्य नै बताउला ।

कोहिमा नागालैंड भारत ।


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...