Wednesday 9th July 2025

असममा बाढीको प्रकोप गंभीर, सेना द्वारा खाद्यन्न वितरण


डा. हरिमोहन पोखरेल, कोहिमा /गतः दुई साता देखि निरन्तर रुपमा परेको पानीले अचानक बाढको रूपमा परिवर्तित भए देखि पूर्वोत्तर भारतको असममा भने भयानक रूप लिँदै धेरै भन्दा धेरै जानमालको समेत हानी नोक्सानी गरेको समाचार छ ।

प्राप्त समाचार अनुसार असमको बाढीले अत्यन्त प्रभावित छेत्रको रूपमा दिमाहसाऔ लगायत बराकभेली र हाफलोङ र लामडिङमा भने अहिले सम्ममा लगभग चारलाख मानिसहरू प्रभावित भएको खबर छ ।

एनडीआरएफ, एसडीआरएफ लगायत भारतीय वायुसेना र आर्मी र पुलिस लगायत सामाजिक संस्थाहरूले सक्दो राहत पुर्याएको कुरा पनि प्रकाशमा आएको छ ।

हवाई सेवाको माध्यमबाट आपतमा परेकाहरूलाई पल -पलमा तैनात रहेको कुरा पनि भारतीय सेनाले जनाएको छ । भारतीय वासुसेनाले आजबाट दिमाहसाऔ एरिया र बराक भेलीमा खाद्य सामाग्री वितरण गर्ने कुरा पनि गरेको छ ।

यसरी नै नागालैंडमा पनि सेचु जुबुजा एरियामा गएको पहिरोले गर्दा राष्ट्रिय राजमार्ग दुई बंद भएको र मणिपुरको तर्फ जाने मालगाडीहरू बाटोमा फॅसी रहेको खबर छ ।
मणिपुरका केही ठाउँमा पनि पहिरोले बराक नदीको पूल समेत बगाएर लागेको साथै इम्फाल शहरका केही ठाउँमा आंशिक रुपमा डुबाऊ भएको खबर छ ।
असममा बाढको ताण्डव कहिले सम्म रोकिने हो ।त्यो त आउने भविष्य नै बताउला ।

कोहिमा नागालैंड भारत ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी -नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले एक कार्यक्रमको आयोजना गरि नेपाली राजदूतावास कुवेतका प्रथम सचिवद्वय प्रेम राज गौतम र…

मिडिया रिपोर्टका अनुसार, यमनी नागरिकको हत्या गरेको अभियोगमा दोषी ठहरिएकी भारतीय नर्स निमिषा प्रियालाई जुलाई १६ मा मृत्युदण्ड दिइनेछ। गत…

हिब्रू मिडियाले मंगलबार रिपोर्ट गरेको छ कि 'इजरायली' प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र सिरियाली राष्ट्रपति अहमद अल-शारा बीच वाशिंगटनमा उच्चस्तरीय बैठक…

प्रतिकृयाहरू
...