Sunday 18th January 2026

तानसेन नगरपालिकाको मेयर उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी


नारायण कोइराला – स्थानीय तहको निर्वाचनमा तानसेन नगरपालिकाको मेयर तथा उपमेयर दुबैजना सत्ता गठबन्धनको तर्फबाट विजयी भएका छन् । तानसेन नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ नगर प्रमुखमा विजयी भएका छन् भने उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार प्रतिक्षा सिंजाली विजयी भएकी छिन् ।

गठबन्धनका तर्फबाट विजयी सन्तोषलाल श्रेष्ठले ११ हजार २ सय ७३ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले पाल्पाका अध्यक्ष समेत रहेका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा माओवादीकी प्रतिक्षा सिंजालीले ११ हजार १ सय ५१ मत प्राप्त गरि विजयी भईन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी शशी श्रेष्ठले १० हजार ३ सय ७२ मत प्राप्त गरिन् ।

जम्मा १४ वटा वडा रहेको तानसेन नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, ११ र १२ मा नेपाली कांग्रेस विजयी भएको छ भने वडा नं. ८, ९, १० र १४ मा नेकपा एमाले विजयी भएको छ। वडा नं. १३ मा भने नेकपा माओवादी केन्द्र विजयी भएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...