Saturday 21st March 2026

तानसेन नगरपालिकाको मेयर उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी


नारायण कोइराला – स्थानीय तहको निर्वाचनमा तानसेन नगरपालिकाको मेयर तथा उपमेयर दुबैजना सत्ता गठबन्धनको तर्फबाट विजयी भएका छन् । तानसेन नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ नगर प्रमुखमा विजयी भएका छन् भने उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार प्रतिक्षा सिंजाली विजयी भएकी छिन् ।

गठबन्धनका तर्फबाट विजयी सन्तोषलाल श्रेष्ठले ११ हजार २ सय ७३ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले पाल्पाका अध्यक्ष समेत रहेका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा माओवादीकी प्रतिक्षा सिंजालीले ११ हजार १ सय ५१ मत प्राप्त गरि विजयी भईन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी शशी श्रेष्ठले १० हजार ३ सय ७२ मत प्राप्त गरिन् ।

जम्मा १४ वटा वडा रहेको तानसेन नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, ११ र १२ मा नेपाली कांग्रेस विजयी भएको छ भने वडा नं. ८, ९, १० र १४ मा नेकपा एमाले विजयी भएको छ। वडा नं. १३ मा भने नेकपा माओवादी केन्द्र विजयी भएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...