Sunday 16th November 2025

अमेरिकाको न्युयोर्क राज्यस्थित एक सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु


अमेरिकाको न्यूयोर्क राज्यमा एक किशोरले एउटा सुपरमार्केटमा अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ। बफलो सहरमा घटनास्थलबाटै १८ वर्षीय किशोरलाई पक्राउ गरिएको छ। प्रहरीले उनको नाम खुलाएको छैन। ती सन्दिग्ध व्यक्तिले सैनिक पोशाकमा शनिवार दिउँसो व्यस्त सुपरमार्केटमा प्रवेश गरेर गोली चलाएका थिए।

प्रहरीका अनुसार ती किशोरले आफूले गरेको आक्रमण अनलाइनमा प्रत्यक्ष प्रसारण गर्न क्यामराको प्रयोग गरेका थिए। कुल १३ जनालाई गोली लागेकोमा घाइते भएका तीन जना जोखिममुक्त रहेको बताइएको छ ।

सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईले उक्त हमलालाई “हिंसक अतिवादी कृत्य” को सङ्ज्ञा दिएको छ।

उक्त सुपरमार्केटमा सुरक्षाकर्मीको रूपमा काम गर्ने एक सेवानिवृत्त प्रहरीले ती सन्दिग्ध आक्रमणकारीलाई गोली हान्ने प्रयास गरेका थिए। तर सन्दिग्ध आक्रमणकारीले हानेको गोली लागेर उनको मृत्यु भयो। सन्दिग्ध आक्रमणकारीले निकै शक्तिशाली राइफल बोक्नुका साथै शरीरमा गोली छेक्ने कवच र हेल्मेट लगाएको प्रहरीले जनाएको छ। प्रहरीले प्रतिकार गरेपछि उनले आफ्नो हतियार समर्पण गरेका थिए। उनीविरुद्ध हत्याका अभियोगहरू लगाइएको छ।उनी‍विरुद्ध थप अभियोगहरू लगाउन सकिने एक सरकारी वकिलले बताएका छन्। रासस


सम्बन्धित शीर्षकहरु

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

प्रतिकृयाहरू
...