Sunday 25th January 2026

भारतको राजधानी दिल्लीमा एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु


दिल्लीको मुन्डका इलाकाको एक भवनमा शुक्रबार बेलुका भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको र कम्तीमा १२ जना घाइते भएको त्यहाँस्थित आपत्कालीन सेवा प्रदायकहरूले बताएका छन्। प्रहरीले झ्यालको सिसा फोडेर मानिसहरूको उद्धार गरेको थियो।

राजधानी दिल्लीको पश्चिममा रहेको मुन्ड्का मेट्रो स्टेसन नजिकै भएको उक्त घटनामा आगो निभाउन करिब ७ घण्टा लागेको थियो । आगलागी हुनुको कारण विद्युतीय अवरोधका (सर्ट सर्किट) भएको अनुमान गरिएको छ।

ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मृत्यु हुनेहरूको परिवारका लागि दुई लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने बताएका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार उक्त भवनमा थुप्रै कम्पनीका कार्यालय थिए । त्यहाँबाट करिब सयाैं जनालाई उद्धार गरिएको छ ।  उक्त भवनमा सीसीटिभीको फ्याक्ट्री र गोदाम भएकोले त्यहाँ धेरै मजदुर काम गरिरहेका थिए । भवनमा भित्र पस्ने र बाहिर निस्कने एउटै मात्रै ढोका भएकोले उद्दार कार्य असहज हुन गइ धेरै समय लागेको थियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...