Friday 24th July 2026

अफगानिस्तानमा महिलाहरूलाइ बुर्का लगाउन अनिवार्य


अफगानिस्तानमा महिलाहरूले अनिवार्य बुर्का लगाउन पर्ने भएको छ । तालिबान अधिकारीहरूले सार्वजनिक स्थानहरूमा अनुहार पूरै ढाक्ने गरी बुर्का लगाउन अफगान महिलाहरूलाई आदेश दिएपछि बुर्का लगाउन अनिवार्य भएको हो ।  यस अघि सत्तामा आउँदा पनि तालिबानले यस्तै व्यवस्था लागु गरेको थियो ।

नैतिक आचरणमाथि नियमन गर्ने तालिबान मन्त्रालयले यो प्रतिबन्धलाई महिलाहरूलाइ बुर्का लगाउन सुझाब दिएको भनेको छ । उक्त मन्त्रालयले महिलाहरूलाई पुरुषबिना एक्लै लामो दूरीको यात्रा गर्न रोक लगाएको छ एवम् महिला र पुरुषलाई एकै समयमा पार्कमा जान रोक लगाएको छ।

महिलाले बुर्का नलगाएको अवस्थामा पहिलो चरणमा बुर्का नलगाउने महिलाको घर पहिचान गरी उनको परिवारका पुरुष सदस्यहरूलाई सुझाव दिइने छ । पुनः यस नियमको उलंघन गरेमा कार्यान्वयन नगर्ने महिलाका श्रीमान् वा पुरुष अभिभावकहरूलाई जेल सजाय सहितका कारबाही गर्ने चेतावनी दिइएको छ। गत वर्ष सत्ता हातमा लिंदा अघिल्लो पटक शासन सम्हाल्दाको समयभन्दा आफू परिवर्तन भइसकेको तालिबानहरूले बताएका थिए तर व्यवहारमा भने उनीहरूमा परिवर्तन देखिएको छैन । यसको ज्वलन्त उदाहरणको रूपमा गत मार्चमा महिलाहरूको लागि विद्यालय खुल्ने दिन नै बन्द गरिएको घोषणा तथा महिलालाइ टेली श्रृङ्खलामा देखाउन नपाउने नियमलाइ लिन सकिन्छ ।

तालिबानहरूले सत्ता हातमा लिएपछि कतिपय महिलाहरूले बुर्कासँग अफगान संस्कृतिको सम्बन्ध नभएको भन्दै प्रदर्शन गरेका थिए। तालिबानको पछिल्लो कदमलाई महिलाहरूको स्वतन्त्रतालाई थप कुण्ठित गर्ने उनीहरूको प्रयासका रूपमा हेरिएको छ। यस अघि तालिबान सत्तामा आउँदा महिलालाइ पढ्न र रोजगारी गर्न छुट थिएन भने तालिबानको पतन पछि महिलाले पढ्न र रोजगारीमा जान पाउने भएका थिए ।


सम्बन्धित शीर्षकहरु

कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (PAM) ले कुवेतको श्रम कानुनअनुसार रोजगार सम्झौता (Employment Contract) समाप्त हुने कानुनी अवस्थाबारे जानकारी दिएको छ।…

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

प्रतिकृयाहरू
...