Thursday 10th September 2026

ता न पा ७ नेपाली काग्रेसको घरदैलो र कोड सभा कार्यक्रम सम्पन्न


नारायण कोइराला – तानसेन नगर पालिकामा वडा नम्बर ७ मा नेपाली कांग्रेसको नेतृत्वमा कोड सभा र घर दैलो कार्यक्रम सम्पन्न भएको छ।वडाको घोषणा पत्र जारी गर्दै सुरुगरिएको कार्यक्रम गठबंधनका उमेदवार र वक्ताहरुले आफ्नो योजनाहरू प्रस्तुत गर्नु भएको थियो।बिहानी सगै सुरु भएको उक्त कार्यक्रममा वडाबासीहरुको उपस्थिति बाक्लो थियो।दिनभरी वडा भित्र कोड सभाहरू भएका थिए।मेयर उप मेयर पदका उमेदवार सहित गठबन्धनका केन्द्रिय नेताहरुको पनि उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा वडा बासीहरुले आफ्नो समस्याहरू प्रस्तुत गर्नु भएको थियो।मूलतः ढलको मुद्दा मूल रूपमा उठेको थियो।बाटो घाटोको अवस्था बारेमा पनि स्थानीयहरूले आफ्ना गुनासा र सुझाव सल्लाह दिएका थिए।
त्यस्तै वडामा कृषि क्षेत्रमा विशेष ध्यान दिनुपर्ने कुराको पनि आवाज उठेको थियो।

यि सबै कुरालाई उमेदवारहरुले ध्यान पूर्वक सुनेर आफूहरूले जितेमा जति सक्यो चाँडै यी समस्याबाट वडाबासीलाई मुक्ति दिलाउने प्रतिवद्धता बेक्त गर्नु भयो। यसै कार्यक्रममा मेयर पदका उमेदवार सन्तोष लाल श्रेष्ठले तानसेन नगरपालिका प्रत्येक वडा आफू घुमेको बताउँदै सबै वडालाई समेटेर विकास गर्ने प्रतिवद्धता वेक्त गर्नुभयो। त्यस्तै वडा अधक्ष्यका उमेदवार प्रदीप खानलले अब पालो युवाको हो भन्दै एक पल्ट वडाको विकासको लागि जिताउन अनुरोध गरेका थिए।

त्यस्तै गठबन्धनको तर्फबाट उप मेयर पदकी उमेदवार प्रतीक्षा गाहा सिंजालीले महिला हक हितको लागि आफू सधै लडदै आएको र लडिरहने बताउनु भयो। गठबन्धनका केन्द्रिय नेताहरुको उपस्थित समेत रहेको उक्त कार्यक्रममा केन्द्रिय नेताहरूले आफनो मन्तबेको साथमा गठबन्धनको अचित्य बारे पनि जानकारी गराएका थिए।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...