Sunday 16th November 2025

इमानुएल म्याक्रों दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित


इमानुएल म्याक्रों दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । कुल मतको ५८.५५ प्रतिशत प्राप्त गर्दै म्याक्रों पुनः फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनकी प्रतिस्पर्धी मरिन ले पेनले भने ४१.४५ प्रतिशत मत प्राप्त गरेकी छन् ।

पहिलो चरणको चुनावमा राष्ट्रपति म्याक्रोंले सबैभन्दा बढी अर्थात् २७.६ प्रतिशत मत ल्याएका थिए भने दोस्रो स्थानमा आउन सफल पेनले २३.४७ प्रतिशत मत ल्याएकी थिइन् ।

सोमबार राति निर्वाचनको अन्तिम मतपरिणाम आएपछिको सम्बोधनमा राष्ट्रपति म्याक्रोंले फ्रान्सेली नागरिकमा रहेको गुनासो र आवेगलाई सम्बोधन गर्नुपर्ने र त्यो जिम्मेवारी पुनः आफ्नो काँधमा आएको बताए ।

म्याक्रोंको जितसँगै युरोपेली राष्ट्रका शीर्ष नेताहरूले सामाजिक सञ्जालमार्फत उनलाई सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

प्रतिकृयाहरू
...