Thursday 10th September 2026

इमानुएल म्याक्रों दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित


इमानुएल म्याक्रों दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । कुल मतको ५८.५५ प्रतिशत प्राप्त गर्दै म्याक्रों पुनः फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनकी प्रतिस्पर्धी मरिन ले पेनले भने ४१.४५ प्रतिशत मत प्राप्त गरेकी छन् ।

पहिलो चरणको चुनावमा राष्ट्रपति म्याक्रोंले सबैभन्दा बढी अर्थात् २७.६ प्रतिशत मत ल्याएका थिए भने दोस्रो स्थानमा आउन सफल पेनले २३.४७ प्रतिशत मत ल्याएकी थिइन् ।

सोमबार राति निर्वाचनको अन्तिम मतपरिणाम आएपछिको सम्बोधनमा राष्ट्रपति म्याक्रोंले फ्रान्सेली नागरिकमा रहेको गुनासो र आवेगलाई सम्बोधन गर्नुपर्ने र त्यो जिम्मेवारी पुनः आफ्नो काँधमा आएको बताए ।

म्याक्रोंको जितसँगै युरोपेली राष्ट्रका शीर्ष नेताहरूले सामाजिक सञ्जालमार्फत उनलाई सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...