Sunday 19th July 2026

कविताः ज्ञानको प्रकाश -सीता देवी


प्रसन्न मनमा प्रेमको कविता,
रोचक काव्यमा सरिता।
मार्मिक माधुर्यमा सफलता,
श्रद्धापूर्वक साधनाको कर्मकुशलता।
जागृत सत्य कथाको लेखनी,
चिंतन रस लालित्यको रोशनी।
उज्यालो ज्योतिरूपा ज्ञान,
सुललित शव्दका स्वच्छ मान।
न्यानो आशाको जगमग वासना,
समझनाको मिठो तिर्सना।
अविचलित भावनाको गरिमा,
जिन्दगीको विश्वासपूर्ण महिमा।
सृष्टिको बिचित्र संसार।
हाम्रो जीवन उपहार।
कुसुमित अविचल बेला रम्य,
मधुरम ज्योति रूपा उदित किरण दिव्य।
प्रेममा भक्तिभाव उच्च विचार,
धर्मनै कर्म ज्ञानको प्रकाश
जीवन अभिनव सुखदायी हुन्छ विकास।।

सीता देवी, लखिमपुर, आसाम भारत ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच एक हप्ता भन्दा बढि समयदेखि ड्रोन तथा मिसाइल आक्रमण प्रत्याक्रमण भएका छन्, जसले दुवै देशबीचको द्वन्द्वलाई थप…

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईले अमेरिका–इरानबीचको युद्धविराम अवधिलाई अमेरिकाले आफ्ना हतियार पुनःभण्डारण गर्न, युद्धपोत सुदृढ…

कुवेतले आफ्नो भूमिमाथि भएको भनिएको इरानी आक्रमणको कडा शब्दमा निन्दा गर्दै, विद्युत् उत्पादन तथा समुद्री पानी प्रशोधन (डिसालिनेसन) केन्द्रलाई समेत…

प्रतिकृयाहरू
...