Sunday 23rd August 2026

फुटबलमा रोनाल्डोले बनाए नयाँ कीर्तिमान


पोर्चुगलका चर्चित फुटबल खेलाडी एबम म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी रोनाल्डो आफ्नो फुटबल अर्काे नयाँ कीर्तिमान बनाएका छन् । उनी अब क्लब फुटबलमा लगातार १६ सिजनमा २० गोल गर्ने खेलाडी बनेका छन् । शनिबार भएको प्रिमियर लिग अन्तर्गत चर्विच सिटी विरुद्धको खेलमा उनले ह्याट्रिक गरेका थिए । यसअघि रेलिगेसन जोनमा संघर्ष गरिरहेको एभर्टसँग पराजित भएको युनाइटेडलाई रोनाल्डोले शनिबारको खेलमा  जित दिलाएका थिए ।

रोनाल्डोको नाममा यो व्यक्तिगत रेकर्ड पनि बनेको छ । ३७ वर्षीय रोनाल्डोले खेलको सातौं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।​ एन्थोनीको पासमा उनले गोल गरेका थिए । ३२ औं मिनेटमा कर्नरबाट आएको पासलाई हेड मार्फत सदुपयोग गर्दै रोनाल्डोले लगातार १६ सिजनमा २० गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो विश्व फुटबलमा क्लब र देशका लागि थुप्रै कीर्तिमानहरू बनाएका छ ।


सम्बन्धित शीर्षकहरु

इरानी सांसदहरूले अमेरिकाको आर्थिक प्रतिबन्ध र इरानमाथि भएका सैन्य कारबाहीलाई कारण देखाउँदै परमाणु अप्रसार सन्धि (NPT) बाट औपचारिक रूपमा बाहिरिने…

खुला मैदानमाथि आकाशमा अचानक देखिएको ठूलो गोलाकार वस्तुले स्थानीय प्रत्यक्षदर्शीलाई आश्चर्यमा पारेको छ। प्रत्यक्षदर्शीका अनुसार धातुजस्तो चम्किलो देखिने उक्त वस्तु…

लेखक David M. Weinberg ले इजरायलले पश्चिम किनारा, गाजा, सिरिया, लेबनान र इरानसँगको पछिल्लो द्वन्द्वबाट सिकेको सुरक्षा रणनीति अब टर्कीप्रति…

प्रतिकृयाहरू
...