Monday 26th January 2026

फिलिपिन्समा ‘मेघी’ आँधी पछिको बाढी पहिरोमा परि मर्नेको संख्या १६७ पुग्यो


फिलिपिन्समा गत आइतवार आएको समुद्री आँधी ‘मेघी’ले निम्त्याएको बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १६७ पुगेको छ भने थप ११० जना अझै हराइरहेको र १९ लाख मानिसहरू आँधीबाट प्रभावित भएको राष्ट्रिय विपद् एजेन्सीले जनाएको छ। लेत्ते प्रदेशको बेबे सहर र वरपरका गाउँहरू बाढी र पहिरोका कारण सबैभन्दा बढी प्रभावित भएका छन्।

पिलार गाउँमा ८० प्रतिशत घरहरू बगेर समुद्रमा पुगेका छन्। दक्षिणी डाभाओ क्षेत्र, मिन्डानाओ र मध्य क्षेत्रको नेग्रोस ओरिएन्टल्स् प्रदेशमा पनि मानिसहरूको मृत्यु भएको एजेन्सीले जनाएको छ। स्थानीय भाषामा आगातो नामकरण गरिएको आँधी ६५ किलोमिटर प्रतिघण्टाको वेगमा आएको बताइएको छ। आँधीपछि टापु क्षेत्रमा रहेका मानिसहरू घर छोडेर केही उच्च भूभागमा बनाइएका आश्रयस्थलहरूमा पुगेका थिए।

फिलिपिन्सको कोस्ट गार्डले प्रकाशित गरेका तस्बिरहरूमा उद्धारकर्मीहरूले छातीसम्म डुबाउने पानी जमेका स्थानबाट स्ट्रेचरमा घाइतेहरूको उद्धार गरिरहेको छ भने पानीले भरिएका सडकमा उद्धारकर्मीहरूले डुङ्गाको सहारामा मानिसहरूको उद्धार गरेका छन् ।

फिलिपिन्सले वर्षमा औसत २० वटा आँधीहरू सामना गर्ने गरेको छ। आइतवारको आँधी यो वर्षको अहिलेसम्मकै ठूलो हो। गत वर्षको डिसेम्बरमा सुपर टाइफून राईले देशको दक्षिण पूर्वी द्विप क्षेत्रमा क्षति पुर्‍याएको थिए। उक्त आँधीका कारण ३७५ जनाको मृत्यु हुनुका साथै पाँच लाख जना प्रभावित भएका थिए।

-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...