Sunday 19th July 2026

कविताः म को हुँ -सीता देवी


म को हुँ?
शब्द भने पनि म,
ब्रह्म भने पनि म हुँ।
अनंत आकाश पनि म,
अखंड पृथिवी पनि म हुँ।

हवापनि म पानीपनि म,
दिनको तातो घामपनि म,
रातको शितलतापनि म हुँ।
जन्मपनि म , मृत्युपनि म,
आनंदको हर्षौल्लासपनि म,।

वेदनाको आंसूपनि म हुँ
तृष्णामा आतुर भएको प्राणीको
प्राणपनि म,
उड़ीँ रहेको बादलपनि म हुँ
माटोमा मिलेको खरानीपनि म,।

जन्मिरहेका कपिलापनि म हुँ
सत्यपनि म असत्यपनि म,
सुकेको वृक्ष्यपनि म,
फलफूलले भरिएको हरियालीपनि म हुँ।
सागरको गहराईपनि म,।

हिमालको उच्चाईपनि म हुँ
अमृतपनि म,
समुद्रतलको हलाहलपनि म हुँ
अन्धारोपनि म, उज्जालोपनि म ,
हर्षपनि म ,विषादपनि म हुं।

विश्वको कण कणमा फैलिएको
राम्रोपनि म, नराम्रोपनि म हुँ
र त साथी,
नसोधो मलाई,
म को हो?
म नै म हुँ।

सीता देवी,बिहपुरीया
लखिमपुर(आसाम) भारत।


सम्बन्धित शीर्षकहरु

भारत–नेपाल व्यापार तथा पारवहन सहकार्यमा एउटा ऐतिहासिक उपलब्धि थपिएको छ। पहिलो पटक भारतको कोलकाता बन्दरगाहबाट नेपालको विराटनगरसम्म सिधै रेल कार्गो…

नेपालको प्रिमियम ब्यूटी ब्रान्ड बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ प्रिमियम ब्यूटी स्टुडियो सञ्चालनमा ल्याएको घोषणा गरेको छ। यससँगै कम्पनीले पोखराको…

पश्चिम एसियामा बढ्दो तनावका बीच अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकका लागि यात्रा सतर्कता (ट्राभल एडभाइजरी) जारी गरेको छ।…

प्रतिकृयाहरू
...