Tuesday 26th May 2026

रूसद्वारा य्रक्रेनको रेल स्टेशनमा रकेट आक्रमण हुँदा कम्तिमा ५० जनाको मृत्यु


रूसी सेनाको रकेट आक्रमणमा परि युक्रेनमा कम्तिमा ५० जनाको ज्यान गएको छ भने सैयाैं घाइते भएका छन् । रकेट आक्रमण युक्रेनको डोनेत्स्कस्थित क्रामातोर्स्क रेल स्टेसनमा शुक्रबार भएको हो । यस घटनालाइ लिएर युक्रेनले सर्वसाधारण लक्षित गरेर रूसले आक्रमण गरेको आरोप लगाएको छ ।

रेल स्टेसनमा आक्रमण गरेको युक्रेनी आरोपको रुसले भने खण्डन गरेको छ । रुसी रक्षा मन्त्रालयले युक्रेनी सशस्त्र सेनाले आफ्नै जनतालाई मानव ढाल बनाएको आरोप लगाएको छ ।

रूसको बमबार्डबाट बच्न सर्वसाधारणले युद्द क्षेत्रबाट बाहिर निस्कन रेलमार्गको प्रयोग गरिरहेका बेला रकेट आक्रमण भएकोले स्थानियमा अझ त्रास फैलिएको अबस्था छ ।

रेल स्टेसनमा दर्जनौंको मृत्यु हुनगरी गराइएको रकेट आक्रमणको अमेरिका, बेलायत, युरोपेली युनियन (ईयू) लगायतले कडा शब्दमा भर्त्सना गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

बालेन शाह ले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने निर्णय केवल एउटा “कार्यक्रम व्यवस्थापन” को विषय मात्र होइन, यो अहिलेको सत्ता–शैली, राजनीतिक…

पाकिस्तान को बलुचिस्तान प्रान्तमा आज रेलमाथि भएको भीषण आक्रमणले फेरि त्यहाँको सुरक्षा अवस्था अत्यन्तै संवेदनशील रहेको देखाएको छ। क्वेटा नजिक…

जेम्स वेब स्पेस टेलिस्कोप बाट प्राप्त नयाँ तथ्यांकले नेप्च्यून ग्रहको चन्द्रमा “नेरेइड” बारे रोचक कुरा देखाएको छ। वैज्ञानिकहरूका अनुसार नेरेइड…

प्रतिकृयाहरू
...