Monday 26th January 2026

रूसद्वारा य्रक्रेनको रेल स्टेशनमा रकेट आक्रमण हुँदा कम्तिमा ५० जनाको मृत्यु


रूसी सेनाको रकेट आक्रमणमा परि युक्रेनमा कम्तिमा ५० जनाको ज्यान गएको छ भने सैयाैं घाइते भएका छन् । रकेट आक्रमण युक्रेनको डोनेत्स्कस्थित क्रामातोर्स्क रेल स्टेसनमा शुक्रबार भएको हो । यस घटनालाइ लिएर युक्रेनले सर्वसाधारण लक्षित गरेर रूसले आक्रमण गरेको आरोप लगाएको छ ।

रेल स्टेसनमा आक्रमण गरेको युक्रेनी आरोपको रुसले भने खण्डन गरेको छ । रुसी रक्षा मन्त्रालयले युक्रेनी सशस्त्र सेनाले आफ्नै जनतालाई मानव ढाल बनाएको आरोप लगाएको छ ।

रूसको बमबार्डबाट बच्न सर्वसाधारणले युद्द क्षेत्रबाट बाहिर निस्कन रेलमार्गको प्रयोग गरिरहेका बेला रकेट आक्रमण भएकोले स्थानियमा अझ त्रास फैलिएको अबस्था छ ।

रेल स्टेसनमा दर्जनौंको मृत्यु हुनगरी गराइएको रकेट आक्रमणको अमेरिका, बेलायत, युरोपेली युनियन (ईयू) लगायतले कडा शब्दमा भर्त्सना गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...