Thursday 10th September 2026

कविताः साइरन -आयाम कार्की


खै कस्ले छाडिदियो मनको सुन्दर वस्तीमा छेप्यास्त्र
मन र मस्तिष्क एक अर्काका
प्रतिद्वन्द्वी बनेर
घोषणा गर्दैछन विश्व युद्धको

मनले मनकै क्षेत्र गुमाउन चाहदैन
मस्तिष्कले मस्तिष्क कै निम्ति
उठाउँदैछ ठुला हतियार

तेज रफ्तारमा उडेका छ्न लडाकु विमानहरु
र खसाल्दैछ्न लन्चर बमहरु
आ आफ्नै तर्क र अधिपत्यका खातिर हुँदैछ दोहोरो भिडन्त

ठुला ठुला मिसाइल प्रहार गर्दैछ्न
नाका नाका र मस्तिष्कका द्शगजामाहरुमा
मनकै जमिन बाट
उडाउँदैछन र खसाल्दैछ्न फाईटर यानहरु
हताहत हुँदैछन आशा भरोसा र सपनाका
जिजिविषाहरु
लुक्दै ,भाग्दै ,छल्दै दौड्दैछ्न
खाली बन्करहरु भित्र
र प्राथना गर्दैछन शान्तीका लागि

भग्नाअवशेषमा परिणत हुँदैछ
सुन्दर वस्ती
राखै राखले ढाकीरहेछ निलो आकाशलाई
गोला वारुदका धमिलो घुम्टो भित्र
लुक्दैछ्न घाम जून र ताराहरु

मनको हरियालीमा लाग्दैछ डढेलो
सुक्दैछन पानीका मुहान
खडेरीले खाँदैछ सुन्दर वाग
दुर भाग्दैछन मौसमी वर्षातहरु
तर सुन्दर वस्तीमा बजाईरहेछ
युद्धले साईरन

आयाम कार्की
२०७८/१२/२१


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...