Thursday 10th September 2026

टहल आचार्यको गजल संग्रह – ३६


चुनावी त्यो नारा जुलुश आमसभा हुन थाल्यो ,
झुठो बोली भासनले फेरि आकाश छुन थाल्यो

नेपालीको ईच्छा चाह सार्वभौम स्वतन्त्रता ,
आशा भरोसाको पुञ्ज घुर्यान भै कुँन थाल्यो ।

ब्यभीचार र बिसङ्गती भ्रष्टचारको चपेटाले ,
सुन्ने को र पीर ब्यथा आज धर्ती रुन थाल्यो ।

चोरी चोरी दूध खाने बिरालाको साक्षी बनी ,
लाज शरम पचाएर मनको पोको फुन थाल्यो ।

शहिदको रातो रगत पसिनाले बनेको यो ,
नेपालको लोकतन्त्र अधिग्रो भै तुँन थाल्यो ।

टहल आचार्य


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...