Tuesday 27th January 2026

युक्रेनी सेनाद्वारा रूसको इन्धन भण्डारण केन्द्रमा आक्रमण


युक्रेनी सेनाले रुसी भूमिमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको छ । शुक्रबार रुसी सहर बेलग्रोदस्थित विमानस्थलमा रहेको इन्धन भण्डारण केन्द्रमा युक्रेनी सेनाले दुई वटा हेलिकप्टरबाट आक्रमण गरेको थियो । रूस-युक्रेन युद्ध शुरू भए यता य्रक्रेनी सेनाले रूसी भूमिमा आक्रमण गरेको यो पहिलो घटना हो । रूस र युक्रेनी अधिकारीहरूबिच युद्दविराम गर्ने विषयमा वार्ताहरू चलिरहेका बेला यो घटना बाहिरिएको हो ।

यस्ता आक्रमणले जारी शान्ति वार्तालाई प्रभावित बनाउने रुसले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले आक्रमणले वार्तालाई प्रभावित पुर्‍याउन सक्ने बताएका छन् । यसअघि बेलगोर्द क्षेत्रका गभर्नरले युक्रेनी आक्रमणमा तेल डिपो जलेर नष्ट भएको बताएका थिए । आक्रमणमा मानवीय क्षति भने नभएको बताइएको छ ।

केही दिनयता रुस र युक्रेनबीचको द्वन्द्व केही कम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमण सुरु गरेको केही दिनमै कब्जा गरेको चेर्नोबिल परमाणु केन्द्रबाट पनि रुसी सेना पछि हटेको युक्रेनी अधिकारीले जनाएका छन् ।

रुस र युक्रेनबीच केही दिनअघि टर्कीको इस्तानुबलमा भएको वार्ता सकारात्मक भएको बताइएको थियो । टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनको मध्यस्थतामा भएको वार्तामा केही स्थानबाट रुसी सेना पछि हट्ने र आगामी वार्तामा युद्धविराममा सहमति हुन सक्ने बताइएको थियो ।


सम्बन्धित शीर्षकहरु

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौँ अधिवेशनबाट महेश कुमारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा…

प्रतिकृयाहरू
...