Friday 11th September 2026

निर्मला सुवेदीका दमदार पाँच पञ्चाङ्गहरू


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”

पञ्चाङ्ग
———-

कुकुरले खाने कलो सम्झियौ तिमीले
फाली बिनाको त्यो हलो सम्झियौ तिमीले
तिम्रो प्रिय पात्र बन्न सक्दिन कदापि
उम्किए पछिको थलो सम्झियौ तिमीले
सदाको लागि कूभलो सम्झियौ तिमीले।


निद्रा खुलेपछिको रात बनायौ मलाई
तिमीले भाँचिएको हात बनायौ मलाई
चाहनु भूल थिएन होला अवश्य मेरो
झोकमा हिर्काएको लात बनायौ मलाई
मजाकमा मारिने बात बनायौ मलाई।


लाग्दैछ नि आज काकाकुल बनायौ मलाई
ओइलिएर झरेको फूल बनायौ मलाई
कहिले कसरी कहिले कसरी पत्तो छैन
स्वागतमा झुन्डिएको तुल बनायौ मलाई
कतै नचाहिने कन्दमूल बनायौ मलाई ।

एक बार होइन पीडा लगातार सहेको छु
कहन नसक्ने अति कठिन भार सहेको छु
सुखदुःख केही होइन दुइ दिनको यो चोला
आफन्तको बीचमा आज जीत हार सहेको छु
यहाँ इज्जतले गर्दा हजार मार सहेको छु।


बुझाउन नसकेर कैयौंपटक यो दिल दुखेको छ
खटाउँदा हजार कष्ट पानी हैन रगत सुकेको छ
हजारौं चुनौतीको सामना गर्दागर्दै वाक्क बन्यो मन
पानीले होइन हजुर यी आँसुले सिरानी रुजेको छ
कति कुरा गरौं र आज खोइ समय धेरै गुमेको छ।

✍️निर्मला सुवेदी,बागलुङ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...