Friday 11th September 2026

यसपाली बल्ल रमजान आयो


तीतोपाटी – ईश्लामिक महान पर्व रमजान कुवेतमा यसपाली निक्कै रौनकका साथ आउने देखिएको छ । अघिल्ला दुई वर्ष एक प्रकारको प्रतिबन्धित अवस्थामा विते पनि कोरोना भाईरसको संक्रमणमा कमी आए सँगै कुवेतले यस पटक सर्वसाधरणका लागि कुनै प्रकारको बन्देज नलगाउने भएको छ ।

कुवेतका अमिरले देशबासीका नाममा एक संदेश जारी गर्दै रमादानको शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले स्वास्थ्य सर्तकताको ख्याल गर्दै रमादान मनाउन आग्रह समेत गर्नु भएको छ । सदा झै उहाँले यसपटक सर्वसाधारणको शुभकामना प्रत्यक्ष भेटघाट गरेर ग्रहण भने गर्नु हुने छैन ।

रमजानको बेलामा कसैले भिख माग्न पाउने छैनन् । कुवेत सरकारको एक सूचनामा भनिएको छ यदि कसैले भिख मागेको पाईएमा कुवेतको ईमरजेन्सी नम्बर ११२ मा कल गर्न भनिएको छ । त्यसरी भिख माग्ने कुनै पनि देशको नागरिक भेटिएमा उति नै बेला डिपोर्ट गर्ने कुरा सूचनामा उल्लेख छ ।

एक महिनासम्म दिनभर नखाई लिईने ब्रत भएकाले सरकारले काम गर्ने समय पनि छोटयाएको छ जस अनुसार विहान ९ बजेर ३० मिनटबाट दिउसो २ बजे सम्म र बढिमा २ बजेर ३० मिनट सम्म मात्र काम गराउन पाईन्छ । तर यो नियम सवै प्राईभेट सेक्टरमा भने खासै लागु भएको पाइदैन । उनीहरुलाई ८ घण्टा काम गर्न पर्ने बाध्यता छ तर सरकारी निकायमा भने उक्त नियम हुबहु लागु हुने गर्दछ ।

लामो समय देखि कोभिडले सताएर विश्व त्राहिम त्राहिम भएर वितेका २ सालपछि आएको यो रमाजान विशेष हुने देखिन्छ । मानिसहरुले स्वतन्त्रतापूर्वक यस वर्षको पर्व मनाउन लागेकाले पनि यस पटक विशेष हुने बताईन्छ । संभवत २ अप्रिलका दिन बाट रमजान शुरु हुने छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...