Saturday 12th July 2025

लघुकथाकार बिष्णु प्रसाद उप्रेतीको लघुकथा “तीन रोटी” को पाठकीय टिप्पणी


बन्दना घिमिरे – लघुकथाकार बिष्णु प्रसाद उप्रेतीद्वारा हाम्रो लघुकथा पाठशालामा प्रेषित लघुकथा ’तीन रोटी’ पढेपछि मेरो मनमा आएका भावनाहरुलाई पाठकीय टिप्पणीको रुपमा यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

लघुकथाकार विष्णुप्रसाद उप्रेतीको जन्म निगुरादिन-०९ ,आठराई, ताप्लेजुङमा माता भागिरथा र पिता गोबिन्द उप्रेतीका सुपुत्रको रुपमा २०१०/१२/१५ गते भएको हो। उहाँको स्थाई ठेगाना बिर्तामोड-४, झापा हो । हाल सूर्यबिनायक नगरपालिका सृजनानगरमा बसोबास गर्नुहुन्छ । बि.एड.सम्मको शिक्षा हासिल गर्नुभएका साहित्यकार सेवा निबृत शिक्षक हुनुहुन्छ । समाज सेवामा रमाउनुहुने साहित्यकार झापा जिल्लाका बिभिन्न सामाजिक संघ संस्थाहरुमा आबध्द हुनुहुन्छ ।उहाँ वर्तमान विश्व ज्योतिष माहासंघको राष्ट्रिय उपाध्यक्ष समेत हुनुहुन्छ ।२०७६/०३/०५ देखि लघुकथा लेख्न थाल्नुभएका लघुकथाकार बिष्णु प्रसाद उप्रेतीका लघुकथाहरु लघुकथा सम्बन्धी फेसबुक पेजहरु, अनलाईन पत्रिकाहरु साथै छापाहरुमा समेत पढ्न सकिन्छ ।

प्रस्तुत कथा तीन रोटीमा छोरी,बाबु र आमा तीन पात्रहरु रहेका छन् । कथा यसरी शुरु भएको छ। आज बिहानैदेखि के को गन्ध आईरहेको छ? राति देखिनै डुङ्ग आवाज पनि सुनिरहेकी छु,के हो ? मलाई त मन भित्र भित्रै,डर लागिरहेको छ ।दशबर्षिय छोरी नीवाले आमालाई सोधी ।सबै बारुद,बमगोला पडकेको आवाज र गन्धहो ।बिदेशी सत्रुले मिसाईल,रकेटबम फालेर हाम्रो देशमा भीषण युद्ध भईरहेको छ ।रसियन सेनाको हमलाले हामीपनि कतिबेला खरानी भईने हो भन्दै आमा सोफियाले छोरीलाई सम्झाईन्।
नीबाको अनुहार अँध्यारो भयो ।रुन्चे स्वरमा भनी बाबा कता जानू भयो ? हामीपनि केही खाएर भागिहालौन आमा ।छोरीका कुराले खिन्न हुँदै ढोकातिर हेरिन उनका श्रीमान सोकान पनि ,एउटा झोला च्यापेर घरभित्र पस्दै भन्दैथिए हेर न,बजारमा कैहि सामान छैन,नुन तेल मकै दाल ,प्याज सबै हड्ताल छ।बल्लबल्ल एककेजी मकैको पिठो पाँच गुणा बढी दाममा लिएर आएँ । निवाले फेरि बाबूका छेउमा गएर छिटो घर छाडेर भाग्न रुदै बिनय गरी।
आमाले हतार हतार मकैको तीनवटा रोटी बनाई ।पानीको एक एक बोतल र तीनवटा रोटी च्यापेर गन्तव्य बिहिन बाटो लागे सानो सुखि परिबार।झण्डै दुई कि मि हिंडेपछि ठुलो आवाजले बम पड्कियो आकास धुवाँले कुईरिमण्डल भयो तीनैजना पोको परेर ढले ।दुईधन्टा पछि ,बिस्तारै होस खुल्यो,भाग्यले उनिहरु त बाँचे डिलमाथी चडेर आफ्नु गाउँ तर्फ हेरे ्र उनिहरुको घर, गोठ सबै खरानी भई सकेको थियो तर यता निवा ले भने तीनवटा रोटी च्यापिरहेकीथिई ।

लघुकथाले हाल रुसले युक्रेन माथि गरेको हमलाले अबोध सर्बसाधारणमाथि परेको पिडा उजागर गरेको छ । कथा मार्मिक र हृदयविदारक छ । निर्दोष जनताहरुको सुखी जीवन क्षणभरमा ध्वस्त भएको छ । बजारमा खाद्यान्न लगायतका अत्यावश्यक सामग्रीहरुको अभाव देखिएको छ । भएको खाना खान र ज्यान जोगाउन मुस्किल छ । कथा मर्म र पिडाले भरिएको छ । छोटो लघुकथाले वृहत रुपमा मानवताको वकालत गरेको छ । लघुकथा सरल र सुबोध छ ।
यति हुदाहुदै पनि कथामा केही सुधार गर्नुपर्ने ठाउँ देखिन्छ । कथाको उठानमा सानो सुखि परिवारको रमाइलो क्षणबाट शुरुवात गर्न पाए कथा अझ उम्दा हुनेथियो जस्तो लाग्छ मलाई ।
अन्त्यमा, लघुकथाकार बिष्णुप्रसाद उप्रेतीका साहित्यिक आयामहरु अझै चुलिदै जाउन । सयभन्दा बढी लघुकथा लेखिसक्नु भएका लघुकथाकारका लघुकथा संग्रह छिटै पढ्न पाईयोस् भन्दै उहाँको सु-स्वास्थ, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

बन्दना घिमिरे
गठ्ठाघर, भक्तपुर

लघुकथा – तीन रोटी
-बिष्णु प्रसाद उप्रेती
““आमा आज बिहानैदेखि यस्तो खरो, खरो के को गन्ध आईरहेको छ?फेरि रातिदेखिनै डुङ्ग …डुङ्ग आवाज आएको सुनिरहेकी छु,के हो? मलाई त मन भित्र भित्रै,डर लागिरहेको छ।““ दशबर्षिय छोरी नीवाले भान्सामा आमालाई सोधी।
““ नानी ,खै के भन्नू र ,यो सबै बारुद,बमगोला पट्केर आएको आवाज र गन्धहो।यो सबै बिदेशी सत्रुले युद्धगर्दा पड्काएको मिसाईल,रकेटबमको हो। हाम्रो देशमा भीषण युद्ध भईरहेको छ ।रसियन सेनाको हमलाले हामीपनि कतिबेला खरानी भईने हो।““ भन्दै आमा सोफियाले छोरीलाई सम्झाईन्।
नीबाको अनुहार अँध्यारो भयो। निवाले रुन्चे श्वरमा एताउता हेर्दै भनी-“बाबा पनि कता जानू भयो?हामीपनि केही खाएर भागिहालौन , लौ न आमा।आज दुश्मन आउने जस्तो छ।
छोरीको कुराले सोफियालाई पनि छट्पटी बड्यो।खिन्न हुँदै ढोकातिर हेरिन्।
ठिक्क उनका श्रीमान सोकान पनि ,एउटा सानो झोला च्यापेर घरभित्रपस्तै भन्दैथिए-““हेर न,बजारमा कैहि सामान छैन,नुन तेल मकै दाल ,प्याज सबै हड्ताल छ।बल्लबल्ल एककेजी मकैको पिठो,त्योपनि पाँच गुणा बढी दाम।“
छोरी निवाले फेरि बाबूका छेउमा गएर ,छिटो घर छाडेर भाग्न रुदै अनुनय बिनय गरी।
छोरीको चिन्ता र आँसु देखेर सोकान पनि खिन्न भए,र टाउकोमा हात राखेर टोलाए।
सोफियाले हतार हतार मकैको पिठोको तीनवटा रोटी बनाई ।,पानीको एक एक बोतल र तीनवटा रोटी च्यापेर गन्तव्य बिहिन बाटो लागे यो सानो सुखि परिबार।
झण्डै दुई कि मि हिंडेपछि ,भीषण आवाले बम पड्कियो,आकास धुवाँले कुईरिमण्डल भयो। तीनैजना पोकोपरेर ढले।
झण्डै दुईधन्टा पछि ,बिस्तारै होस खुल्यो ,भाग्यले उनिहरु त बाँचे।
केही तङ्ग्रिएर सोकान र सोफियाले डिलमाथी चडेर आफ्नु गाउँ तर्फ हेरे- उनिहरुको घर ,गोठ ,बस्तभाउ सबै खरानी भई सकेको थियो,तर यता निवा ले भने तीनवटा रोटी च्यापेकै थिई।
समाप्त
२०७८/१२/०९
सृजनानगर भक्तपुर।


सम्बन्धित शीर्षकहरु

धर्म परिवर्तनको मुद्दामा उत्तर प्रदेश प्रहरीले चांगुर बाबालाई पक्राउ गरेको छ। यूपी एटीएसले चांगुर बाबालाई सात दिनको लागि हिरासतमा लिएको…

तितोपाटी-निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर् अभियान शुरु भएको छ । चर्चित  भुटानी…

तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै…

प्रतिकृयाहरू
...