Thursday 22nd January 2026

स्रष्टा परिचयको साथमा एक रचना, भाग – १५


नाम: लता केसी

जन्म मिति तथा जन्मस्थान: २०१६- ७- ६ भोजपुर , दावा

बुबा – लक्ष्मीबहादुर खडका क्षत्री
आमा – जान्दवीदेबी खडका क्षत्री

स्थायी/ अस्थायी ठेगाना – तीनकुने , काठमाडौं -३२

शिक्षा : बिए

पहिलो रचना ( कथा ) अन्तर्द्वन्द कलेजको वार्षिक मुखपत्र `प्रकास´ मा ३९ तिर प्रकासित ।

पहिलो प्रकाशित लघुकथा- दुर्घटना ( अङ्क -४६ लोकभावनामा प्रकासित )

साहित्य लेखनको प्रेरणा : आफ्नै रुचि र अध्ययन

प्रकाशित पुस्तकहरू – चोटदेखि मृत्युसम्म
लघुकथासङ्ग्रह

सम्पादन(पुस्तक) पाठशालाका लघुकथा १,२

पेशा, व्यवसाय: अवकाशप्राप्त शिक्षक ( २०५२ सालदेखि
२०७२ सम्म सेवारत )

साहित्यको बारेमा आफ्नो धारणा : साहित्य लेख्नभन्दा
पढन रूचाउने म , “ परिवार , समाज र देशको प्रतिनिधित्व साहित्यले गर्नुपर्छ र सकारात्मक बाटाहरू पहिल्याउनु पर्छ ´´ भन्ने ठान्दछु ।

साहित्यिक महत्वाकांक्षा : लघुकथाको उन्नयन ।

संलग्नता – संस्थापक एडमिन , हाम्रो लघुकथा पाठशाला

रचना
लघुकथा : मान्यता

लामो बिदापछि विद्यालय खुल्यो । विद्यार्थीहरू खुसी भए। कक्षाहरू नियमित सञ्चालन हुन थाल्यो । स्वास्थ्य विज्ञानका गुरू कक्षामा पस्नु भयो । विद्यार्थीहरू जर्याकजुरूक उठे । अभिवादन गर्दै सम्मान पस्किए । गुरूले कालोपाटीमा पढाउने विषय लेख्नु भयो , “ शारीरिक अङ्ग ´´ । शरीरका विभिन्न अङ्गहरूको परिचय र महत्वबारे गुरूले आफ्नो विद्वता बाढनु भयो । सबैतिर आँखा घुमाउँदै प्रश्न सोध्नु भयो , “ हाम्रा आँखाहरूले देखेका विषयलाई हातले के गर्छ ?
एउटा विद्यार्थीले भन्यो , “ लेख्छ सर अनि साहित्य जन्मिन्छ । ´´
अर्कोले विवाद गर्यो , “ लेख्ने त हातले होइन , कलमले हो । ´´
तेस्रोले भन्यो , “ हातले त मन परेका कुरा टिप्छ अनि मन नपरेका
फ्याल्छ , सर । सबै विद्यार्थीहरू गलल्ल हाँस्न थाले ।
कक्षा सान्त गराउँदै गुरूले संकेत गर्दे सोध्नु भयो , यो के हो ?
जवाफ एकै स्वरमा आयो , “ कान हो , सर ।´´
अनि यो ?
नाक ।
नाकले सुङ्छ , कानले सुन्छ हो ?
सामूहिक स्वरमा, हो सर ।
एउटा विद्यार्थीले सोध्यो , “ नाकले सुन्छ , कानले सुङ्छ ´´ भन्दा के हुन्छ र सर ?
“मान्यताविपरीत ! भोलिको पुस्ताले गलत सिद्धान्त लेख्नेछ ।´´


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...