Friday 11th September 2026

अनुष्ठान लोकार्पण कार्यक्रम सम्पन्न


शिक्षा स्वास्थ तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाद्वारा प्रकाशित १६ अौं वर्ष बिशेषाङ्क ‘ अनुष्ठान’ लोकार्पण कार्यक्रम ( ६ चैत्र २०७८) सम्पन्न भएको छ।

प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीको सभाअध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथिको आसन भने शिक्षा विकास तथा समन्वय इकाई पाल्पा प्रमुख महेन्द्र सुवेदीले गरेका थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै-“प्रतिष्ठानले शिक्षा स्वास्थ्य र साहित्यको क्षेत्रमा पाल्पामा गरेको योगदान उदाहरणीय छ , यस संस्थाको सिको अरूले पनि गर्नुपर्दछ।” भन्ने विचार उनको थियो।

विशेषाङ्क परिचर्चा गर्दै शिक्षाविद एवं प्रतिष्ठानका अक्षयकोषदाता बुद्धिप्रसाद शर्माले- “विशेषाङ्क दस्तावेजको रूपमा रहेको छ । बिधान देखि लिएर १६ बर्षको दौरान शिक्षा स्वास्थ्य तथा साहित्यका क्षेत्रमा गरिएका गतिविधिहरू उदाहरणीय एवं संग्रहणीय रहेका छन् ” भन्ने विचार प्रकट गरे।

कार्यक्रममा शुभकामना / टिप्पणी / सुझाव राख्नेहरुमा रामप्रसाद अर्याल, कृष्ण बहादुर रावल , गुणवती के.सी.र सविता भट्टराई थिए ।

त्यस्तै उपाध्यक्षरोहित प्रसाद ज्ञवालीको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव चन्द्रकान्त न्यौपानेले गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...