Thursday 22nd January 2026

अनुष्ठान लोकार्पण कार्यक्रम सम्पन्न


शिक्षा स्वास्थ तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाद्वारा प्रकाशित १६ अौं वर्ष बिशेषाङ्क ‘ अनुष्ठान’ लोकार्पण कार्यक्रम ( ६ चैत्र २०७८) सम्पन्न भएको छ।

प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीको सभाअध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथिको आसन भने शिक्षा विकास तथा समन्वय इकाई पाल्पा प्रमुख महेन्द्र सुवेदीले गरेका थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै-“प्रतिष्ठानले शिक्षा स्वास्थ्य र साहित्यको क्षेत्रमा पाल्पामा गरेको योगदान उदाहरणीय छ , यस संस्थाको सिको अरूले पनि गर्नुपर्दछ।” भन्ने विचार उनको थियो।

विशेषाङ्क परिचर्चा गर्दै शिक्षाविद एवं प्रतिष्ठानका अक्षयकोषदाता बुद्धिप्रसाद शर्माले- “विशेषाङ्क दस्तावेजको रूपमा रहेको छ । बिधान देखि लिएर १६ बर्षको दौरान शिक्षा स्वास्थ्य तथा साहित्यका क्षेत्रमा गरिएका गतिविधिहरू उदाहरणीय एवं संग्रहणीय रहेका छन् ” भन्ने विचार प्रकट गरे।

कार्यक्रममा शुभकामना / टिप्पणी / सुझाव राख्नेहरुमा रामप्रसाद अर्याल, कृष्ण बहादुर रावल , गुणवती के.सी.र सविता भट्टराई थिए ।

त्यस्तै उपाध्यक्षरोहित प्रसाद ज्ञवालीको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव चन्द्रकान्त न्यौपानेले गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...