Saturday 18th April 2026

प्रकाश सपुतले करोड बढी भ्युज भएको ‘पीर’बाट हटाए विवादित दृश्य


तीतोपाटी । प्रकाश सपुतले ‘पीर’को विवादित दृश्य हटाएका छन्। उनले विवादित दृश्यलाई सम्पादन गरेर ‘पीर’ गीत फेरि युट्युबमा राखेका छन्। एक सातामै करोड बढी भ्युज पुगेको पुरानो भिडियोलाई भने उनले युट्युबबाट हटाएका छन्। उनले कसैको दबाब र प्रभावमा नभएर सुभेच्छुक र स्रष्टाबाट आएको सल्लाह सुझावलाई मध्यनजर गर्दै उक्त दृश्य हटाएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘खैर, पीरले सफलतामात्रै होइन, धेरै कुरा सिकाएको छ। सचेत गराएको छ। तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शकस्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह/समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नुपर्ने चेत गराएको छ। सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ। यधपि सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जनाप्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने? यो बहस हुन जरुरी छ। भैइरहोस। जे होस्, पीरमा प्रतिकात्मकरुपमा राखिएको एउटा दृश्यले, पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्यो नै गित र भिडियोका अन्य सौन्दर्यलाई समेत छाँयामा पारिदियो। अनअफिशियलरुपमा त पुरानो भिडियो सेभ होलान। अतिरन्जित गरेर सोसियल मिडियामा सेयर पनि गरिएला (नगर्न अनुरोध) तर लाखौं सब्सक्राएब भएको Pakash Saput official Youtube मा त्यो भिडियो अर्काइभको रुपमा रहने र जहिले हेर्दा पनि त्यहि दृश्य बिझाउनेजस्तो भयो। नियोजितरुपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरु विषयान्तर भइरहनेजस्तो भयो। त्यसैले कुनै दबाब/प्रभावले नभएर योबीचमा आएका तपाईँको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरुको सुझाव! लेखक, पत्रकार, समीक्षकहरुको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई लाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नयाँ भिडियो रि-अपलोड गरिएको छ। साथै सात दिनसम्म ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाइक र ३८ हजार प्रतिक्रिया आएको, एक करोड प्लस निरन्तर हेरिएको भिडियो हटाउने निर्णय गरेको छु। केही दृश्यमाथिको आलोचना, व्यापक चर्चासहित व्यवसायिक सफल भएको गीत र भिडियो त हटाएको छु, तर गीत र भिडियोमा गरिएको नेपाली समाजको चित्रण हटाएको छैन! आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन र हटाएको छैन सोधिएका गम्भीर प्रश्नहरु…।’

साभार-अन्नपूर्णबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले केहि विशेष क्षेत्रका कामदारहरूलाइ अागामी १ मे २०२६ देखि ३० जुन २०२६ सम्मको अवधिमा अन्य क्षेत्रमा रोजगारदाता परिवर्तन…

दार्जिलिङ — लेबोङस्थित Gorkha Stadium मा निर्धारित चुनावी सभामा भारतीय गृहमन्त्री Amit Shah प्रत्यक्ष उपस्थित हुन नसकेका छन्। प्रतिकूल मौसमका…

काठमाडौँ — नेपालका लागि चीनका राजदूत चाङ माओमिङले गृहमन्त्री सुधन गुरुङसँग सोमबार भएको अनौपचारिक भेटमा तिब्बत र ताइवानसँग सम्बन्धित गतिविधिबारे…

प्रतिकृयाहरू
...