Saturday 30th May 2026

६ नारी सर्जकका होली विशेष खोरियाहरू



बासन्ती आयो महिना
खेलौ न होली सङ्गिना
मनका पीडा भुलेर
दिल खोलेर ।


पीडा त हाम्रा हजार
बिक्रीमा छैन बजार,
आफैँले खुशी खोज्ने हो
सही रोज्ने हो।


रङ्गीन बनोस् जीवन ,
सङ्गीन बोक्ने नबन
भावना स्वच्छ चाहिन्छ
माया पाइन्छ ।


सप्तरङ्गीमा सजेर
विष्णु र लक्ष्मी जपेर
गरौँ होलिका दहन
मेरो नमन ।

चन्द्रावती अधिकारी, कोहलपुर वाँके।

‘होली विशेष खोरिया’

रङ्गीन फागु पर्वमा
नाच्दै गाउककदै हर्षमा
सबमा छ है नमन
शुभकामना।

होलीको रङ्ग रङ्गीन
आऊ न खेलौकक सङ्गीना
बासन्ती लाली छरिककदै
खुशी भरिककदै।

राम्रो छ आफ्नै संस्कृती
नआओस् कुनै विकृती
सरलतामा रमाऊ
खुशी जगाऊ।

रङ्ग छ अनेक थरी
नगरौकक है मनपरी
संस्कृती आफ्नै जगाऔं
चाड मनाऔं।

सरस्वती श्रेष्ठ, बुट्वल रूपन्देही।


होलिको पर्व रमाइ
खुसिमा दिन बिताइ
रंगको पर्व होलिमा
खेलौ साथमा


होलिको पर्व खुसिमा
सद्भाव बाँडी रंगमा
रहर लिई मनमा
रंग होलीमा


खराब पानी हुदैन
अनेक रंग हुदैन
सुरक्षा आफै गरेर
रंग खेलेर


सडक चोक घरमा
होलिको पर्व रंगमा
खेलेको सबै मिलेर
खुसी भरेर

यसोदा गिरी, भक्तपुर

केहि खोरिया ः

सबैमा होली पर्वको
मनमा बोकी गर्व यो
रंगीन मेरो चाहना
शुभकामना

फागु यो पर्वमा हामी
धार्मिक संस्कार ठानी
खेलेर खुशी मनाउ
माया खन्याउँ ।

फागु पूर्णिमाको दिन
सबै मिलीजुलीकन
रमाईलो लौ गर्र्ने हो
अघि सर्ने हो ।

मिठा मीठा परिकार
चिउरा मासु अचार
बनभोज लौ गएर
नाचौं खाएर ।

उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर, काठमाण्डौं

खोरिया🌹

जताततै हरियाली

कोइलीको छ हैं वोली
रङ्ग अनेक दलेर
फागु खेलेर !

छैन गर्मी कतै जाडो
भयो किन मन टाढो
बसन्तको आगमन
खुसी बाँडौं झन् !

मिठासको प्रीत घोली
लगाएर बुट्टे चोली
पोतिएर रातो रङ्ग
मन छ दङ्ग ।

शारदा आचार्य


धेरै पटक रङ्गायौ
मेरो रगत सुकायौ
पहिचान् गुम्यो रङ्गले
आफ्नै ढङ्गले ।


धेरै पटक रुवायौ
कति पटक मेटायौ
मेरा भाग्य रेखाहरु
रोएँ धुरुरु ।


मनको भारी बिसाएँ
मायामा रङ्ग मिसाएँ
खेलौं होलि भनेर
आफ्नै मानेर ।


मनाउँ होली खेलेर
यात्राको रथ ठेलेर
बचाउ हाम्रो सस्कृति
रम्य प्रकृति ।

सीता घिमिरे
नैकाप,काठमाडौ


सम्बन्धित शीर्षकहरु

रुसले तालिबान नेतृत्वको अफगानिस्तानसँग सैन्य–प्राविधिक सहकार्य सम्झौता गरेपछि दक्षिण एशियाको शक्ति सन्तुलनबारे नयाँ बहस सुरु भएको छ। अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री…

भारतको रक्षा मन्त्रालयले आफ्नो पाँचौं पुस्ताको स्वदेशी स्टेल्थ लडाकु विमान कार्यक्रम Advanced Medium Combat Aircraft (AMCA) अन्तर्गत पाँच उडानयोग्य प्रोटोटाइप…

वास्तवमा परिवारका सदस्यहरूले बिउ राख्ने, सिँचाइ गर्ने, खेतको रेखदेख गर्ने, मल हाल्ने, रोग–किरा नियन्त्रण गर्ने लगायतका काममा सयौं घण्टा श्रम…

प्रतिकृयाहरू
...