Sunday 13th July 2025

स्रष्टा परिचयको साथमा एक रचना, भाग – १४


श्रष्टा परिचय/ साहित्यिक विवरण
मूल नाम- मित्र प्रसाद गौतम
साहित्यिक नाम – मित्र‘उराठी’ गौतम
जन्म मिति – २०३० जेष्ठ २४ गते
जन्म स्थान – अमरपुर गा.वि.स. – ८ ( इस्मा गा.पा. -६),गुल्मी
पिताको नाम – मोति प्रसाद गौतम
आमाको नाम – रुन्नता गौतम
स्थायी ठेगाना हालको – तिलोत्तमा न.पा. -२ जानकीनगर,रुपन्देही
शिक्षा – स्नातकोत्तर
प्रकाशित पुस्तकहरु – (१)गुल्मी अमरपुर र सत्तिम्लाका गौतम वंशको चिनारी (२०६९)
प्रकाशकः गौतम परिवार अमरपुर
(२) लकडाउनको उपहार (कविता संग्रह ) २०७७
प्रकाशकः दायित्व वाङमय प्रतिष्ठान नेपाल
-मेरो देश नेपाल हाँस्छ……. राष्ट्रिय गीत रेडियो नेपालमा रेकर्डिङ २०६०
-कथा, लघुकथा, कविता, गजल, गीत विभिन्न पत्रिकामा प्रकाशित
पुरस्कारहरु–
१)निजामति सेवा दिवस २०७३ मा कपिलवस्तु जिल्लामा आयोजित कविता प्रतियोगितामा तृतीय पुरस्कार
२) प्रदेश नं.५ स्थापना दिवस,२०७६को अवसरमा प्रदेश सरकारबाट आयोजना गरिएको खुला कविता प्रतियोगितामा सान्त्वना पुरस्कार
३)लम्बिनी प्रदेश स्थापना दिवस,२०७७को अवसरमा प्रदेश सरकारबाट आयोजना गरिएको खुला कविता प्रतियोगितामा द्वितीय पुरस्कार
४) राप्ती साहित्य परिषद् नेपालबाट प्रशंसा पत्र २०७८
५) साहित्यकला संस्कृति प्रतिष्ठान धरानबाट प्रशंसा पत्र २०७८

पेशा– निजामति सेवा‚ नेपाल सरकार
साहित्यिक संस्थागत संलग्नता –
१) आजीवन सदस्य, दायित्व वाङमय प्रतिष्ठान, नेपाल
२) आजीवन सदस्य, गौतम समाज नेपाल

रचना
कविता : भगवान
त्यो पहाडी उकालो चढेर
घरि घरि मेरी आमा
पुग्छिन् डाँडाको मन्दिरमा

दर्शन गरेर भगवानको
शान्त हुन्छिन्
प्रशन्न हुन्छिन्

उनको मुहारमा
आभा प्रदिप्त हुन्छ।
यसपाला
म पनि पछि लागेँ
आमा सँगै भगवान भेट्न ।
पुगेर मन्दिरमा
विभिन्न कोणबाट
फोटो खिचेँ
भिडियो खिचेँ
अझ टिकटकै बनाएँ
वल्टाइ पल्टाइ गरेँ
मूर्ति वरिपरि
तर
पटक्कै भेटिन भगवान ।

खै, मेरी आमा कसरी भेट्छिन्
उनको आस्थाको भगवान ?
जो मैले भेट्नै सकिन,
जो मैले देख्नै सकिन ।


सम्बन्धित शीर्षकहरु

धर्म परिवर्तनको मुद्दामा उत्तर प्रदेश प्रहरीले चांगुर बाबालाई पक्राउ गरेको छ। यूपी एटीएसले चांगुर बाबालाई सात दिनको लागि हिरासतमा लिएको…

तितोपाटी-निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर् अभियान शुरु भएको छ । चर्चित  भुटानी…

तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै…

प्रतिकृयाहरू
...