Thursday 22nd January 2026

टहल आचार्यको गजल संग्रह – ३५


मानवीय साझा सवाल समस्यामा गढ्नलाई ।
गाह्रो मान्छौँ ईतिहास नीति शास्त्र पढ्नलाई ।

राष्ट्रियता देश भक्ति सार्वभौम स्वतन्त्रता ,
जोगाउन हटी होईन यहाँ डटी लड्नलाई ।

तेन्जिङका सन्तान हामी अनुयायी भईकन ,
आफ्नै आँगन मझेरीको सगरमाथा चढ्नलाई ।

सक्षम र नीडर बनी सिर्जना तिर्सनाले ,
पौरखको हिरामोती यो माटोमा जड्नलाई ।

सद्भाव र सद्चरित्र सत्यवादी प्रस्ट भई ,
बाचा बोली सङ्कल्प र ईमानमा अड्नलाई ।

टहल आचार्य


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...