Tuesday 21st July 2026

टहल आचार्यको गजल संग्रह – ३५


मानवीय साझा सवाल समस्यामा गढ्नलाई ।
गाह्रो मान्छौँ ईतिहास नीति शास्त्र पढ्नलाई ।

राष्ट्रियता देश भक्ति सार्वभौम स्वतन्त्रता ,
जोगाउन हटी होईन यहाँ डटी लड्नलाई ।

तेन्जिङका सन्तान हामी अनुयायी भईकन ,
आफ्नै आँगन मझेरीको सगरमाथा चढ्नलाई ।

सक्षम र नीडर बनी सिर्जना तिर्सनाले ,
पौरखको हिरामोती यो माटोमा जड्नलाई ।

सद्भाव र सद्चरित्र सत्यवादी प्रस्ट भई ,
बाचा बोली सङ्कल्प र ईमानमा अड्नलाई ।

टहल आचार्य


सम्बन्धित शीर्षकहरु

काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी ठगी तथा गुनासोको सुनुवाइलाई सहज बनाउन 'उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली' सञ्चालनमा ल्याएको छ।…

संयुक्त राष्ट्रसंघले मौरिटानियाको तट नजिक गत साता भएका समुद्री दुर्घटनामा १४४ शरणार्थी तथा आप्रवासी मृत वा बेपत्ता भएको जनाएको छ।…

इटालीको बोलोन्या सहरमा मोरक्को मूलका अब्देररहिम फाकिरको प्रहरी नियन्त्रणका क्रममा मृत्यु भएपछि न्यायको माग गर्दै हजारौँ मानिसले प्रदर्शन गरेका छन्।…

प्रतिकृयाहरू
...