Saturday 30th November 2024

दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला


तीतोपाटी डटकम । सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुन: सुरु गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिव दुई बर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुन: सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन ।

मित्रराष्ट्र मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल-मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको छ ।

कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरु जान पाएका थिएनन् । मलेसिया सरकारबाट विदेशी कामदार लिन सुरु गरेको र सो अनुसार मागपत्र नेपाली कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएकोले श्रम स्वीकृति प्रदान गर्ने कार्य पुन: सुरु गर्ने निर्णय गरिएको हो ।

 


सम्बन्धित शीर्षकहरु

"हामी आज ईश्वरीय विजयको वातावरणमा भेटिरहेका छौं," हिजबुल्लाह प्रमुख नइम कासिमले शुक्रबार एक टेलिभिजन भाषणमा भने, "जित" 2006 मा प्राप्त…

लेबनानमा युद्धविरामपछिको आफ्नो पहिलो अन्तर्वार्तामा बोल्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा युद्धमा विराम स्वीकार गर्ने बताएका छन्। "म दक्षिणमा युद्धविरामको लागि…

रबि माथि अन्याय भएको भन्ने लाग्छ भने निशंकोच घण्टीमा मत प्रयोग गर्नुस । यो मात्र अहिले को सवै भन्दा प्रखर…

प्रतिकृयाहरू
...