Monday 14th July 2025

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९३ औं नारी विशेष काव्य श्रृङ्खला सम्पन्न


चन्द्रागिरि साहित्य प्रतिष्ठानको ९३ औं नारी विशेष काव्य श्रृङ्खला यहि २५ फागुन २०७८ का दिन सम्पन्न भयो ।

नारी विशेष काव्य श्रृङ्खलाप्रतिष्ठानकी सचिव सुधा बास्कोटा ढकालको अध्यक्षतामा एबं चुडा नर्भिकको कुशल उद्घघोषणमा भएको कार्यक्रममा चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शुरु भएको थियो ।

कार्यक्रममा विभिन्न श्रष्टाहरुले आफ्ना रचना वाचन गर्नुभयो । कार्यक्रममा साहित्यकार कवि तथा कवियत्रीहरु क्रमश…. उर्मिला पन्त पाण्डेय, लक्ष्मी प्रसाद मिश्र ,विनुबाबा घिमिरे , यज्ञ सुवेदी, सुरेश घिमिरे, नवराज भट्ट,दुर्गा अधिकारी भमरकोटे , दुर्गा अधिकारी रिमाल, शारदा आचार्य , सीता घिमिरे , श्रद्धा आचार्य , चूडा निर्भीक तथा सुधा बास्कोटा ढकाल गरी १४ जना सर्जकहरुलेआ-आफ्ना रचना पस्किनुभयो भने आर्त अकुलिन तथा चन्द्रावति अधिकारी कार्यक्रममा जोडिनु भएपनि प्रविधिले धोका दिएकाले रचना वाचन गर्न पाउनुभएन ।

कार्यक्रममा अस्वस्थ भएपनि जनार्दन अधिकारी धड्कनले आफ्नो स्वास्थ्य सम्बन्धी केही भनाई र छोटो रचना वाचन गर्नु भई सामाजिक सन्जालमा मेरो स्वास्थ्य लाभको कामनाको विशेष सूचना संप्रेषण गर्नु हुने चुडा निर्भिक,सिता पाण्डे,सुधा बास्कोटा,पन्चाङ्ग प्रवर्तक,विनेसास महासचिव एबं झरका प्रवर्तक शिव खनाल एबं मेरो स्वास्थ लाभको कामना गर्नु हुने सम्पूणर् संघ संस्था र महानुभावहरूमा हार्दिक कृतज्ञता अर्पण गर्नु भयो ।

कार्यक्रमकी सभापति श्रष्टा सुधा बास्कोटाले नारी विशेष कवि सर्जकहरुका रचानाले सकारात्मक सन्देश दिएको र पुरुष सर्जकहरु समेत नारी हक हितमा लाग्ने गरेको र रचनामा नारीलाई हौसला प्रदान गर्नु भएकोमा सबै सहभागी कविहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभयो ।


सम्बन्धित शीर्षकहरु

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

तितोपाटी-संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि अहिले निक्कै चर्चामा रहेको छ  । कर्मचारीहरूको सरूवा तथा भूमिसुधार…

राष्ट्रिय  लोक सञ्चारकर्मी नेपालले ३ वटा गीतमा प्रतिवन्ध लगाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ । नेपालको…

प्रतिकृयाहरू
...