Tuesday 27th January 2026

दक्षिण कोरियाको राष्ट्रपतिय निर्वाचनमा विपक्षी दलका उम्मेदवार विजयी


दक्षिण कोरियाको राष्ट्रपतिय निर्वाचनमा  विपक्षी दल पिपल पावर पार्टीका उम्मेदवार युन सक यल निर्वाचित भएका छन् । २० अाैं कोरियाली राष्ट्रपतीय चुनावमा युनले सत्तारुढ डेमोक्राटिक पार्टीका उम्मेदवार ईजे म्याङलाई हराएका हुन् । युनले १ करोड ६३ लाख ९४ हजार ८ सय १५ मत प्राप्त गरेका छन् भने ईजे म्याङले दुई लाख ४७ हजार ७७ कम मत पाएका छन् ।

त्यहाँ हिजो बुधबार निर्वाचन भएको थियो भने बिहिबार प्राप्त अन्तिम नतिजाअनुसार उनले खसेको मतको ४८.५६ प्रतिशत मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी उम्मेदवार इ जे म्याङले ४७.८७ प्रतिशत मत प्राप्त गरेका थिए । जस अनुसार युनले १ करोड ६३ लाख ९४ हजार ८ सय १५ मत प्राप्त गरेका छन् भने ईजे म्याङले दुई लाख ४७ हजार ७७ कम मत पाएका छन् । यस पटक ७७.१ प्रतिशत मतदान भएको कोरियाली निर्वाचन आयोगले जनाएको छ । चार करोड ४२ लाख मतदाता रहेको कोरियामा ३ करोड ४० लाख जनताले मात्रै मतदान गरेका छन् ।

यस अघि महान्यायधिवक्ता रहेका युन सन् २०२१ मा मात्रै महान्यायाधिवक्ता पदबाट राजीनामा दिएर उनी राजनीतिमा आएका थिए । छोटो समयमै राष्ट्रपति बन्न पुगेका उनी छिमेकी देश उत्तर कोरिया र जापानसँग कडा सम्बन्ध राख्नु पर्ने धारणा राख्छन् । महान्यायाधिवक्ता हुँदा श्रीमतीले विभिन्न ठाउँबाट फाइदा लिएको आरोपपछि विवादमा परेका थिए ।

 


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...