Friday 24th July 2026

दक्षिण कोरियाको राष्ट्रपतिय निर्वाचनमा विपक्षी दलका उम्मेदवार विजयी


दक्षिण कोरियाको राष्ट्रपतिय निर्वाचनमा  विपक्षी दल पिपल पावर पार्टीका उम्मेदवार युन सक यल निर्वाचित भएका छन् । २० अाैं कोरियाली राष्ट्रपतीय चुनावमा युनले सत्तारुढ डेमोक्राटिक पार्टीका उम्मेदवार ईजे म्याङलाई हराएका हुन् । युनले १ करोड ६३ लाख ९४ हजार ८ सय १५ मत प्राप्त गरेका छन् भने ईजे म्याङले दुई लाख ४७ हजार ७७ कम मत पाएका छन् ।

त्यहाँ हिजो बुधबार निर्वाचन भएको थियो भने बिहिबार प्राप्त अन्तिम नतिजाअनुसार उनले खसेको मतको ४८.५६ प्रतिशत मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी उम्मेदवार इ जे म्याङले ४७.८७ प्रतिशत मत प्राप्त गरेका थिए । जस अनुसार युनले १ करोड ६३ लाख ९४ हजार ८ सय १५ मत प्राप्त गरेका छन् भने ईजे म्याङले दुई लाख ४७ हजार ७७ कम मत पाएका छन् । यस पटक ७७.१ प्रतिशत मतदान भएको कोरियाली निर्वाचन आयोगले जनाएको छ । चार करोड ४२ लाख मतदाता रहेको कोरियामा ३ करोड ४० लाख जनताले मात्रै मतदान गरेका छन् ।

यस अघि महान्यायधिवक्ता रहेका युन सन् २०२१ मा मात्रै महान्यायाधिवक्ता पदबाट राजीनामा दिएर उनी राजनीतिमा आएका थिए । छोटो समयमै राष्ट्रपति बन्न पुगेका उनी छिमेकी देश उत्तर कोरिया र जापानसँग कडा सम्बन्ध राख्नु पर्ने धारणा राख्छन् । महान्यायाधिवक्ता हुँदा श्रीमतीले विभिन्न ठाउँबाट फाइदा लिएको आरोपपछि विवादमा परेका थिए ।

 


सम्बन्धित शीर्षकहरु

फ्रान्स र स्पेनमा भीषण डढेलोका कारण हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। फ्रान्सको दक्षिण-पश्चिमी तटस्थित काप फेरेट प्रायद्वीप पूर्ण रूपमा…

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) को अनुसन्धान प्रक्रिया र प्रमाण संकलनमाथि गम्भीर प्रश्न उठेको छ। आयोगले दायर गरेका मुद्दामध्ये झण्डै…

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ।…

प्रतिकृयाहरू
...