Thursday 22nd January 2026

प्रतिमा शिवाकोटी (उप्रेती)को गजल संग्रह, भाग – ३६


सबै भन्छन्‌ लिनु हुन्न,पिर चिन्ता कत्ति पनि
किन किन मान्दैन मन,सम्झाएनी जति पनि ।

दिन ढल्के पछि आउँछ,नचाहेनी कालो रात
रोक्न कहाँ सकिन्छ र? समयको गति पनि ।

समाजसेवि,बुद्धिजिवि,शिक्षित नै होस्‌ तर,
कस्ले राम्रो ठान्छ हजुर,बिग्रेपछी मति पनि ।

मनमा इख,घमण्ड, पाप्‌, सधैँभरी पालिरहे,
सबैलाई एकदिन ठुलो,गर्न सक्छ खती पनि ।

हामी कोहि बस्नु हुन्न, टुलु टुलु हेरि यहाँ ,
सहँदै त्यो अन्याय र,अत्याचार अति पनि ।

प्रतिमा शिवाकोटी( उप्रेती)
भुम्लु गाउँपालिका ८,भुम्लुटार, काभ्रेपलान्चोक
(रचना : २०७८/११/२३ सोमबार )


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...