Friday 11th September 2026

प्रतिमा शिवाकोटी (उप्रेती)को गजल संग्रह, भाग – ३६


सबै भन्छन्‌ लिनु हुन्न,पिर चिन्ता कत्ति पनि
किन किन मान्दैन मन,सम्झाएनी जति पनि ।

दिन ढल्के पछि आउँछ,नचाहेनी कालो रात
रोक्न कहाँ सकिन्छ र? समयको गति पनि ।

समाजसेवि,बुद्धिजिवि,शिक्षित नै होस्‌ तर,
कस्ले राम्रो ठान्छ हजुर,बिग्रेपछी मति पनि ।

मनमा इख,घमण्ड, पाप्‌, सधैँभरी पालिरहे,
सबैलाई एकदिन ठुलो,गर्न सक्छ खती पनि ।

हामी कोहि बस्नु हुन्न, टुलु टुलु हेरि यहाँ ,
सहँदै त्यो अन्याय र,अत्याचार अति पनि ।

प्रतिमा शिवाकोटी( उप्रेती)
भुम्लु गाउँपालिका ८,भुम्लुटार, काभ्रेपलान्चोक
(रचना : २०७८/११/२३ सोमबार )


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...