Saturday 30th May 2026

दुर्गा रिजाल आचार्यका विभिन्न शीर्षकमा पाँच पञ्चाङ्गहरू


“पाँच तत्त्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”

शीर्षक -“देश”


देशकै माटो बनाउनु छ हामीले ,
नेपाली भन्ने जनाउनु छ हामीले ।
गौरवान्वित हुँदै बाचौ हुन्न हामी,
आफ्नै माटोमा खनाउनुछ हामीले ,
प्रदेशिलाई तनाउनु छ हामीले ।

शीर्षक -“आमा”


संस्कार सगै वंश चलाउने मुलहौं तिमी आमा,
सृष्टि,सृजनाको साथ साथमा धुलहौं तिमी आमा।
यहाँ अधुरा कति हुन्छन् यात्रा आमा तिमी बेगर,
जिवनमा यात्रा कठिन छन् त पुलहौं तिमी आमा,
जुगौँ नओईलिने सुनखरी फूलहौं तिमी आमा।

शीर्षक -” पछुतो”


तिम्रो दिलमा पहिलो माया बास भयो,
सुरु सुरुमा खुब चौपट्टै खास भयो ।
सम्बन्धले पूर्णरूप दिन्छ भन्ने थियो,
सोच व्यार्थ रैछ बेकारमा नास भयो,
बचाउछु भन्दा त्यहि माया लास भयो।

शीर्षक -“सम्बन्ध ”


तिमीछौँ रत सानू म पनि बाँच्नुको अर्थ छ,
ति आज सम्मका यादहरु साँच्नुको अर्थ छ।
प्रिय कहिले पनि म संग टाढा नहुनु ल,
यस्तै सयौं मालाहरु उन्दै गाँस्नुको अर्थ छ,
अनि यादहरु समालेर हाँस्नुको अर्थ छ।

शीर्षक -“जिवन”


जिवनमा बस्नु पर्छ रमाएर सधैं हामीले ,
अन्त्यमा के लानु छर जादा कमाएर हामीले ।
खुसि हुँदै सबै संग मीठो बोलौ जति बाचिन्छ ,
बनाउनु छ यहाँ सम्बन्ध जमाएर हामीले ,
अवस्य मरिन्छ लगिन्छ के समाएर हामीले ?

✍️दुर्गा रिजाल आचार्य
मोरङ


सम्बन्धित शीर्षकहरु

रुसले तालिबान नेतृत्वको अफगानिस्तानसँग सैन्य–प्राविधिक सहकार्य सम्झौता गरेपछि दक्षिण एशियाको शक्ति सन्तुलनबारे नयाँ बहस सुरु भएको छ। अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री…

भारतको रक्षा मन्त्रालयले आफ्नो पाँचौं पुस्ताको स्वदेशी स्टेल्थ लडाकु विमान कार्यक्रम Advanced Medium Combat Aircraft (AMCA) अन्तर्गत पाँच उडानयोग्य प्रोटोटाइप…

वास्तवमा परिवारका सदस्यहरूले बिउ राख्ने, सिँचाइ गर्ने, खेतको रेखदेख गर्ने, मल हाल्ने, रोग–किरा नियन्त्रण गर्ने लगायतका काममा सयौं घण्टा श्रम…

प्रतिकृयाहरू
...