Monday 2nd December 2024

पाकिस्तानको पेशाबरस्थित सिया मस्जिदमा बम विष्फोट, कम्तिमा ३० जनाको मृत्यु


तीतोपाटी – पाकिस्तानको पेशावर सहरमा रहेको एक शिया मस्जिदमा शुक्रबार बम बिस्फोट हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । शुक्रबार नमाजको समयमा उक्त विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ ।

सरकारी अधिकारीहरुले अन्य ५६ जना घाइते भएका र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्। घाइतेहरूको अवस्था हेर्दा मृतकको सङ्ख्या बढ्न सक्ने चिकित्सकले अनुमान गरेका छन्।

आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा रहेका प्रहरीलाई गोली हानेर भित्र प्रवेश गरेको बताइएको छ । अहिलेसम्म कसैले पनि विस्फोटको जिम्मा लिएका छैनन् ।


सम्बन्धित शीर्षकहरु

उत्तरपश्चिमी सिरियाका विद्रोही समूहहरूले गत हप्ता सुरु भएको चट्याङ आक्रमणमा नजिकैको अलेप्पोलाई आफ्नो नियन्त्रणमा लिएपछि हामा सहरतर्फ धकेलिरहेको बताएका छन्।…

विद्रोही सेनाले बुधबार सिरियाली सरकारविरुद्ध वर्षौं यताकै सबैभन्दा ठूलो आक्रमण सुरु गरेको छ । शनिबारसम्म, उनीहरूले देशको दोस्रो ठूलो सहर,…

बंगलादेशमा जारी तनाव र इस्कॉनसँग आबद्ध चिन्मय दास प्रभुको गिरफ्तारीको विरोधमा कोलकाताको एक स्त्री रोग विशेषज्ञ र एक निजी अस्पतालले…

प्रतिकृयाहरू
...