Thursday 18th June 2026

फिफा र यूइएफएले लगाए रुसलाई सबैखाले प्रतियोगितामा प्रतिबन्ध


रुसले  युक्रेनलाई सैन्य कारबाही अघि बढाए संगै रुसमाथि  चौतर्फी अन्तरास्ट्रिय दवाव  बढेको छ यसको प्रबाह खेल जगतमा शुरु भएको छ जसमध्ये विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबल निकाय (यूइएफए)ले रुसी टोलीलाई क्लबस्तरीय र अन्तर्राष्ट्रिय सबैखाले प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।

फिफा र यूइएफएले विश्वकप २०२२ र महिला युरोपियन च्याम्पियसिपमा २०२२ सहभागीताको लागि इन्कार गर्दै सबैखाले अन्तर्राष्ट्रिय प्रतियोगितामा रुसी टोली प्रतिबन्ध गरेका हुन् । यूइएफएले रुसको राज्य नियन्त्रित गाज्प्रोमसँगको सम्बन्ध समेत तोडेको छ । गाज्प्रोम युरोपियन च्याम्पियन्स लिगको मुख्य प्रायोजक हो । यसअघि रुसले आगामी खेलहरु फुटबल युनियन अफ रुस (आरएफयू) को रुपमा खेल्नुपर्ने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ ।

 

 


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...